सम्बोधनपछि प्रधानमन्त्री ओलीको फेरि आयो अर्को आग्रह
काठमाडौं २५ चैत । मंगलबार ११ बजे राष्ट्रका नाममा सम्बोधन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पौनी ४ बजे सामाजिक सञ्जाल मार्फत अर्को आग्रह गरेका छन् । उनले मुलुकलाई लकडाउन गर्नुपर्ने बाध्यात्मक परिस्थिति आएको उल्लेख गरेका छन् । एकान्तबासमा बस्न कठिनाई भएपनि कोरोनासँग लड्न सबै घरमै बस्न आग्रह गरेका छन् । उनीले सामाजिक सञ्जालमा पोष्ट गरेको बिचार यस्तो छ ।
दुई सातादेखि मुलुक लकडाउनमा छ ।
यसबाट तपाइँहरुमा पर्न गएको असुविधाप्रति म संवेदनशील छु। दैनन्दिन ज्यालादारी गरेर गुजारा गर्नु पर्ने श्रमिकहरु सर्वाधिक मर्कामा हुनुहुन्छ । धेरै व्यवसायीहरुले आफ्नो व्यवसाय बन्द गर्नु परेको छ। विद्यार्थीहरुको पढाइ छुटेको छ । जेलमा यन्त्रणापूर्ण वर्षहरु र लामो एकान्तबास बिताएको मैले लामो समय एकान्तबासमा बस्दाको कठिनाइलाई सहजै अनुभूत गर्न सक्छु । तर नियन्त्रणका लागि हालसम्म कुनै खोप र उपचारका लागि कुनै औषधि पत्ता नलागेको यस महामारी विरुद्ध लकडाउन अपरिहार्य कदम हो भन्ने तपाइँ–हामी सबैलाई थाहा छ । लकडाउनकै कारण महामारीलाई फैलिन नदिने हाम्रो प्रयाशमा ठूलो सहयोग पुगेको छ ।
तर समस्या अझै यथावत छ र थप सावधानी अपनाइएन भने अझ भयावह बन्न सक्ने खतरा पनि छँदैछ । त्यसैले आजबाट थप ८ दिनको लागि लकडाउनको अवधि बढाउन हामी वाध्य भएका छौं ।
सबै कठिनाइहरु झेलेर यस अभियानमा पूर्ण साथ दिनु हुने तपाइँहरु सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दै बाँकी अवधिका लागि पनि यस्तै धैर्यता र सहयोगका लागि अनुरोध गर्दछु ।
क्याटेगोरी : राजनीति, समाचार, स्वास्थ्य
ट्याग : #ओलीको फेरि आयो अर्को आग्रह
ताजा खबर
- १भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको विमानका सबै यात्रु सुरक्षित
- २प्रवक्ता महतलाई गगनले भने : बैठकमा चुप लागेर बस्ने, तल आएर धेरै बकबक नगर्नुस्
- ३गगन थापालाई मानबहादुर नेपालीको खुला–पत्र,नेतृत्व लिन हतार नगर्नुहोस्
- ४ढुक्क भए हुन्छ, पार्टी फुट्दैनः विश्वप्रकाश शर्मा
- ५समानुपातिक उम्मेद्वारको सूचीमा रहेकाले नाम फिर्ता लिए मात्रै थप्न पाइने



तपाईको कमेन्ट लेख्नुहोस्