पूर्वसभामुख महराविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनवाई आज
काठमाडौं ५ फागुन । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कार मुद्दामा आज अन्तिम फैसला हुँदैछ । बलात्कार प्रयास मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका महराविरुद्धको मुद्दामा फैसला आउन लागेको हो । जिल्ला अदालत काठमाडौंमा महराविरुद्धको बहस सकिए पनि मुद्दा भने हेर्दाहेदैमा राखिएको छ । अध्ययन गर्न समय अभाव भएकाले मुद्दा ‘हेर्दाहेदै’ मा राखिएको अदालतले जनाएको छ । संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी लाई ‘बलात्कार प्रयास’ गरेको आरोप लागेपछि उनले गत असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए । काठमाडौको बालुवाटारस्थित सभामुख निवासबाटै गत असोज १९ गते पक्राउ परेका महरा हाल डिल्लीबजार कारागारमा छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पूर्वसभामुख महरा
ताजा खबर
- १अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- २प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ३इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ४मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ५खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग



तपाईको कमेन्ट लेख्नुहोस्