निमन्त्रणा दिएर फर्किए परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं १३ मंसिर । रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणमा रहनुभएका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली स्वदेश फर्किएका छन् । मन्त्री ज्ञवाली शुक्रबार बिहान करिब १० बजे त्रिभुवन अन्तर्राट्रिय विमानस्थल आइपुगेका हुन् । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले रुस भ्रमणको क्रममा राष्ट्रपति पुटिन र प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी गराए । त्यस्तै भ्रमण वर्ष २०२० को अवसरमा नेपालमा आयोजना हुने सगरमाथा सम्वादमा आउन रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोलाई निम्तो दिएको जानकारी दिए । दुईपच्छीय सम्बन्धलाई निवकरण गर्दै व्यापार प्रवद्र्धन, लगानी अभिवृद्धि, पर्यटन, आर्थिक सहायता तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहयोग र सहकार्य विस्तार गर्ने विषयमा छलफल गरिएको थियो । त्यस्तै संघाही कोअपरेसन अर्जनाइजेसनको पूर्ण सदस्य बन्नको लागि सहयोग गर्न आग्रह गरेको समेत बताए । परराष्ट्रमन्त्री रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणका लािग गत शनिबार रुसको राजधानी मस्को पुगेका थिए । उनले मंसिर ८ गतेदेखि ११ गते सम्म रुसको र ११ देखि १२ गते सम्म सर्भियाको भ्रमण गरेका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #परराष्ट्रमन्त्री ज्ञवाली
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्