निकालिए अभियानबाट ज्ञानेन्द्र शाही
काठमाडौं १२ मंसिर । पछिल्लो समय भ्रष्टचार बिरोधी नारा लगाएर चर्चामा आएका ज्ञानेन्द्र शाहीलाई निष्कासन गरिएको छ । नेपालका लागि नेपाली अभियानमा रहेका शाहीलाई गणतन्त्रको पक्षधर भएको भन्दै निष्कासन गरिएको हो । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्ने शाही गणतान्त्रिक व्यवस्थाका पक्षमा लागेकाले बुधबार बसेको अभियानको केन्द्रीय कार्य समितिको बैठकले शाहीलाई हटाएको हो । भ्रष्टाचार र विकृति संसदबाट अनुमोदित राजतन्त्र भएमात्र हट्छ भन्नेमा विश्वास राखेको भन्दै अभियान्ता बालकृष्ण न्यौपानेले अहिलेकै गणतान्त्रिक व्यवस्थाका पक्षमा लागेपछि निकालिएको जानकारी दिए । पहिलो पटक सुर्खेतमा प्रहरीसँग झडप गरेर पक्राउ परेका शाहीले पछिल्लो समय भदौ २८ गते नेपालगञ्ज विमानस्थलमा ढिला गरेर यात्रु कुराएको भन्दै पर्यटन मन्त्री योगेश भट्टराईलाई जहाजभित्रै थर्काएका थिए। असोज ११ गते चितवनको भरतपुरमा शाहीमाथि कुटपिट भएको थियो। केही समयदेखि सामाजिक सञ्जालमा चर्चामा रहेका ज्ञानबहादुर शाहीलाई उनी आवद्ध रहेको नेपालका लागि नेपाल अभियानबाट निकालिएपछि अव शाहीले के गर्लान भन्ने प्रश्न उब्जीएको छ । भ्रष्टाचारविरुद्ध चर्को स्वरमा अभिव्यक्ति दिने शाही गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको पक्षमा लागेको भन्दै उनी सम्मिलित अभियानको केन्द्रीय समितिको बैठकले उनलाई निष्काशन गरेको जनाएको छ । नेपालका लागि नेपाली अभियानमा ज्ञानेन्द्र शाहीले पुर्याएको योगदानका लागि धन्यवाद दिँदै निजले मिति २०६७–८–११ गते उप्रान्त दिने अभिव्यक्ति, गर्ने क्रियाकलाप र कार्यक्रम र गतिविधिमा नेपालका लागि नेपाली अभियानको कुनै संलग्नता नरहने जानकारी गराइन्छ बैठकले आफ्नो निर्णयमा उल्लेख गरी बिज्ञप्ती जारी गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #ज्ञानेन्द्र शाही
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्