Techie IT
  • २५ मंसीर २०८०, सोमबार
KhojPatrika

नेपाल–भारत सिमानामा छैन् समन्वय


नेपाल र भारतको सिमा क्षेत्रमा हुने गरेको समस्यामा नै नेपालका मन्त्रालयहरुबीच नै आरोप–प्रत्यारोप चलेको छ । गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधिबीच नै संसदीय समितिको बैठकमा एकले अर्कोलाई आरोप लगाउदा प्रष्ट देखिन्छ मन्त्रालयहरुका बीच नै समन्वयको अभाव छ । नेपाल सरकारकै लापरबाही र वेवास्ताका कारण सिमासम्बन्धी समस्या बल्झिने गरेको सांसदहरुले आरोप लगाएका छन् । संघीय संसद अन्र्तगतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा दुई देशबीचको विभिन्न स्थानका सिमानामा हुने गरेको समस्या समाधानका लागि दीर्घकालिन उपाय खोज्न सांसदहरुले जोड दिएका हुन् । तर, सिमानामा हुने गरेको समस्याबारे सम्बन्धित मन्त्रालयहरुबीच नै समन्वयको अभाव देखिएको छ । तराई –मधेश डुबान– बाढी तथा नेपाल भारत सीमावर्ती बाँध सम्बन्धमा दीर्घकालिन समाधानबारे छलफल भयो । गृहसचिव प्रेम कुमार राईले समस्याबारे गृहमन्त्रालयले चासो राखे पनि परराष्ट्र मन्त्रालयले वेवास्ता गरेको आरोप लगाए । सोही भनाईलाई परराष्ट्रमन्त्रालयले भने गृहको आरोपको खण्डन गरेको छ । परराष्ट्र सचिव शंकर दास बैरागीले सिमा क्षेत्रमा हुने डुबान समस्या हेर्नका लागि दुई देशका प्रतिनिधि सम्मिलित स्थायी प्रकृतिको संयन्त्र बनेको जानकारी गराए । संयन्त्रले दिएको प्रतिवेदनका आधारमा सुझाव कार्यान्वयनका लागि लेखि पठाईएको बैरागीले दावी गरे । सुस्ता र कालापानी लगायतका सिमा हेर्नका लागि प्रबुद्ध व्यक्तिहरुको समुह गठन गरिएको पनि सचिव बैरागीको भनाई थियो । सुरक्षा निकायले भने जनशक्ति अभावका कारण सिमा समस्या समाधान गर्न नसकिएको गुनासो गरेको छ । शसस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक नारायण बाबु थापाले जनशक्ति पर्याप्त नभएकाले भारतीय सिमा सुरक्षा बलको अनुपातमा नेपालतर्फबाट तैनाथी व्यापक पार्न नसकिएको बताए । उनले सिमा सुरक्षा बलले साढे २ किलोमिटर भन्दा पनि कम दुरीमा पोष्टहरु निर्माण गरेर सिमा अनुगमन गर्ने गरेको भए पनि नेपाल तर्फका ८७ स्थायी र १ सय ९ वटा आउटपोष्ट बोर्डर मात्रै तैनाथ गरिएको जानकारी दिए । समितिले बाढी समस्या तथा नेपाल भारत सीमावर्ती बाँधका सम्बन्धमा गृह, परराष्ट्र, शसस्त्र प्रहरी बल तथा नापी विभागसंग छलफल गरेको हो । दुई देशबीच सिमा क्षेत्रमा हुने आपराधिक गतिविधि टाउको दुखाइको विषय बन्दै आएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #chhaina samnwaya

तपाईको कमेन्ट लेख्नुहोस्