२८ गतेको सचिवालय बैठक कुर्दे नेकपा नेताहरु
काठमाडौं २६ साउन । नेकपाभित्र स्कुल विभागलाई लिएर उत्पन्न विवाद समाधान हुन्छ कि भन्ने आसमा नेताहरुले साउन २८ गतेको बैठकको प्रतिक्षामा छन् । पार्टीका अध्यक्ष केपी शर्माओली आफ्नो एक साता लामो सिंगापुर बसाइपछि आइतबार स्वादेश फर्किएपछि सचिवालय बैठकले टुंगो लगाउनेमा नेताहरुले आस गरेका हुन् । स्कुल विभागको नेतृत्वको विषयलाई लिएर पटक–पटक बोलाइएको सचिवालय बैठक समेत प्रभावित हुदै गइरहेको अवस्थामा आगामी साउन २८ गते बोलाइएको सचिवालय बैठक समेत बस्ने नबस्नेमा अन्यौल भएको नेकपाका नेताहरुबाटै विभिन्न प्रतिक्रिया आउन थालेका छन । आगामी २८ गतेको सचिवालय बैठकबाट सवै विषय टुङ्गो लगाउने भनिएपनि स्वायम नेताहरुनै विश्वस्त हुन सकेका छैनन । तर, पुर्वएमाले पक्षका नेताहरुले स्कुल विभाग कुनैपनि हालतमा नछाड्डे पक्षमा छन । जसले विवाद तत्काल समाधान हुन्छ भन्नेमा शंका उत्तिकै छ । अर्कोति प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई सरकारको मात्रै नेतृत्व गर्न दिने र अर्का अध्यक्ष दाहाले पार्टीको नेतृत्व गर्ने गरी अध्यक्ष दाहाल तयारी गरेका छन ।
पुर्वमाओवादी पक्षले विगतमा गरेको आलोपालो सरकारको नेतृत्व गर्ने गरी भएको सहमती अनुसार पार्टीको नेतृत्वको विषयलाई टुंगो लगाउनुपर्ने पक्षमा छन । पार्टी अध्यक्ष पुष्प कमल दाहाल पनि एकताका बाँकी काम छिटै सम्पन्न हुने दाबी गर्नुभएको छ । दाहालले एकताका प्रक्रिया टुङ्गो लगाउन नसक्नु कमजोरी भएको स्वीकार गर्दै अब भने जनवर्गीय संगठन लगाएत अन्य एकताका सवै काम नरोकिने दावी गरेका छन् । एकातिर अध्यक्ष ओली नभएको बेला अध्यक्ष दाहाल सक्रिया भएर आफ्नो पक्षमा मत बढाएको भन्ने छ भने अर्कोतिर नेता बामदेव गौतम पार्टीको राजनितिक प्रतिवदेनलाई लिएर असन्तुष्टि पाखेका छन । नेता गौतमले प्रतिवेदनमा उल्लेख गरेका भन्दा फरक विचारधाराको कल्पना गरेपछि यो विषयले पनि नेकपाभित्र नेताहरु एकआपसमा विभाजित हुदैआएका छन ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #nekapa
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्