भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन

काठमाडौं २२ साउन । भारतीय जनता पार्टीकी वरिष्ठ नेता एवं भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ । हृदयाघातका कारण उनको निधन भएको हो । उनलाइ अचानक हृदया घात भएपछि एम्स अस्पतालमा भर्ना गरिएको थियो । तर स्वास्थ्य खराबका कारण उनलाइ अस्पतालले बचाउन सकेन । उनको निधनको खबर सुने लगत्तै केन्द्रीय स्वास्थ्यमन्त्री हर्षबर्धन तथा केन्द्रीय सदस्य नितिन गडकरी एम्स अस्पतालमा पुगेका थिए । साथै सुष्माका श्रीमान र उनका परिवारका सदस्यहरु पनि अस्पताल पुगेका थिए । उनको निधन भएपछि भारतका मन्त्री तथा भाजपाका नेताहरु नयाँ दिल्लीस्थित एआइआएएमएस अस्पताल पुगेका छन् । यसअघि सुष्माले तीन घण्टा पहिले मोदीलाइ बधाई दिँदै काश्मिरको मुद्दामा ट्विट गरेकी थिइन् । उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत दुख व्यक्त गरेका छन् । भारतीय कांग्रेस पार्टीले पनि सुष्माको निधनप्रति दुःख व्यक्त गरेको छ । सुष्मा स्वाज सन् १९ सय ७७ मा पहिलो पटक चुनाव लडेकी थिइन्। त्यतिबेला उनी २५ वर्षकी थिइन । उनी हरियाणाको अंबाला सीटमा उम्मेदवार उठेर सबैभन्दा युवा विधायकमा चुनाव जितेकी थिइन् । त्यतिबेला उनलाइ हरियाणाको देवीलाल सरकारले मन्त्री समेत बनाएको थियो । ९०को दशकमा सुष्मा स्वराजले राष्ट्रिय राजनीतिमा पाइला चालेकी थिइन्। अटल बिहारी बाजपेयी सरकारले उनलाइ मन्त्री बनाएको थियो । सन् १९ सय ९८मा उनले अटलको मन्त्रिपरिषद्बाट राजीनामा दिएर दिल्लीको पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन । सन् २०१४ देखि सन् २०१९सम्म विदेशमन्त्रीको रुपमा जिम्मेवारी सम्हालिन । उनले स्वास्थ्यको कारण सन् २०१९को लोकसभा निर्वाचनमा भाग नलिने निर्णय गरेकी थिइन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ट्याग : #susma swaraj nidhan
ताजा खबर
- १काठमाडौंमा बालेन्द्र र चितवनमा रेनुको चर्चा,यो चुनावमा यसरी उदाय स्वतन्त्र उमेद्वार
- २मतदातालाई धन्यवाद दिन गाउँ पुगे नेतासँगै रुकुम मुसिकोटका मेयर महेन्द्र केसी
- ३८ वर्षअघिको बलात्कार घटना सार्वजनिक भएपछि पक्राउ परे मनोज पाण्डे
- ४आठ वर्षअघिको बलात्कार घटनाको छानविन गर्न प्रहरीले बनायो एसएसपी नेतृत्वको समिति
- ५रुकुम मुसिकोट नगरको प्रमुखमा कांग्रेसका महेन्द्र केसी विजयी, खुशीयालीमा दिनभर विजय र्याली
तपाईको कमेन्ट लेख्नुहोस्