भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन
काठमाडौं २२ साउन । भारतीय जनता पार्टीकी वरिष्ठ नेता एवं भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ । हृदयाघातका कारण उनको निधन भएको हो । उनलाइ अचानक हृदया घात भएपछि एम्स अस्पतालमा भर्ना गरिएको थियो । तर स्वास्थ्य खराबका कारण उनलाइ अस्पतालले बचाउन सकेन । उनको निधनको खबर सुने लगत्तै केन्द्रीय स्वास्थ्यमन्त्री हर्षबर्धन तथा केन्द्रीय सदस्य नितिन गडकरी एम्स अस्पतालमा पुगेका थिए । साथै सुष्माका श्रीमान र उनका परिवारका सदस्यहरु पनि अस्पताल पुगेका थिए । उनको निधन भएपछि भारतका मन्त्री तथा भाजपाका नेताहरु नयाँ दिल्लीस्थित एआइआएएमएस अस्पताल पुगेका छन् । यसअघि सुष्माले तीन घण्टा पहिले मोदीलाइ बधाई दिँदै काश्मिरको मुद्दामा ट्विट गरेकी थिइन् । उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत दुख व्यक्त गरेका छन् । भारतीय कांग्रेस पार्टीले पनि सुष्माको निधनप्रति दुःख व्यक्त गरेको छ । सुष्मा स्वाज सन् १९ सय ७७ मा पहिलो पटक चुनाव लडेकी थिइन्। त्यतिबेला उनी २५ वर्षकी थिइन । उनी हरियाणाको अंबाला सीटमा उम्मेदवार उठेर सबैभन्दा युवा विधायकमा चुनाव जितेकी थिइन् । त्यतिबेला उनलाइ हरियाणाको देवीलाल सरकारले मन्त्री समेत बनाएको थियो । ९०को दशकमा सुष्मा स्वराजले राष्ट्रिय राजनीतिमा पाइला चालेकी थिइन्। अटल बिहारी बाजपेयी सरकारले उनलाइ मन्त्री बनाएको थियो । सन् १९ सय ९८मा उनले अटलको मन्त्रिपरिषद्बाट राजीनामा दिएर दिल्लीको पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन । सन् २०१४ देखि सन् २०१९सम्म विदेशमन्त्रीको रुपमा जिम्मेवारी सम्हालिन । उनले स्वास्थ्यको कारण सन् २०१९को लोकसभा निर्वाचनमा भाग नलिने निर्णय गरेकी थिइन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ट्याग : #susma swaraj nidhan
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्