स्थानीय तहको उपनिर्वाचन मंसिर १४ गते
काठमाडौं १९ साउन । सरकारले स्थानीय तहको उप निर्वाचनको मिति मंसिर १४ गते तय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्को निर्णय आइतबार सार्वजनिक गर्दै निर्वाचनको मिति जानकारी गराएका हुन् । संघ, प्रदेश र स्थानीय तहमा रहेको खाली सिटका लागि निवार्चन आयोगको परामर्शमा मंसिर १४ गते निर्वाचन तय गरिएको हो । यस्तै झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएका आठ जनाको नागरिकता रद्द गरी नेपाली नागरिकताबाट हटाउने निर्णय पनि सरकारले गरेको छ। नागरिकता रद्द हुनेहरुमा अशोक शाह, बिन्दे महतो, नातादेवी महतो, सुशील महतो, राजेन्द्र महतो, सुशील महतो, उपेन्द्र महतो, रामकिशोर महतो र राजकिशोर महतो छन् । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सरुवा गरिएको छ। सरुवा हुनेहरुमा पुष्पराम बललाई कार्य तथा सीमा सुरक्षा विभागबाट प्रतिष्ठानतर्फ, नारायणबाबु थापा मानव स्रोत विभागबाट सीमा सुरक्षाबलतर्फ र रामशरण पौडेललाई प्रशिक्षण प्रतिष्ठानबाट सशस्त्र प्रहरी बलको प्रधानकार्यालयमा पठाइएको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति
ट्याग : #nirbachan
ताजा खबर
- १प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच भेटबार्ता
- २नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- ३रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ४बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ५नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण



तपाईको कमेन्ट लेख्नुहोस्