थाइल्याण्डबाट फर्किए पूर्वराजा शाह
काठमाडौं २ असार । झण्डै एक महिनापछि पूर्व राजा ज्ञानेन्द्र शाह स्वदेश फर्किएका छन् । पूर्व महारानी कोलमराज्यलक्ष्मी शाहसहित पूर्व राज शाह गएको जेठको पहिलो हप्ता थाइल्याण्ड पुगेका थिए । उनीहरु फुकेटमा अध्ययनरत नातिनी पूर्णिकाको ग्र्याजुएसन तथा उच्च शिक्षाको निरन्तरताको अवसरमा अभिभावकीय उपस्थितिका लागि गएका थिए । उनीहरुलाई स्वागत गर्न समर्थकहरु त्रिभूवन विमानस्थल पुगेका थिए । उनीहरुले ‘राजा आउ, देश बचाउ’ सहितका नारा लगाएका छन् । थाइल्याण्डमा रहँदा पूर्व राजा ज्ञानेन्द्रले सरकारले ल्याएको गुठी विधेयकबारे चासो व्यक्त गरेको बताइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति
ट्याग : #purba raja
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्