कांग्रेस सभापति देउवा भन्छन् ओली सरकार निरंकुशता लाद्न खोज्दैछ
काठमाडौं १८ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशता लाद्न खोजेको आरोप लगाएका छन् । रुपन्देही कांग्रेसको जिल्ला सम्मेलन उद्घाटनमा सभापति देउवाले विगतमा राजाले वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रतामा हमला गरेजस्तै प्रधानमन्त्री ओलीले निरंकुशता लाद्न खोजको आरोप लगाएका हुन् । उनले ‘जनताका अधिकार खोस्ने र प्रजातन्त्रसँग हिँड्न नखोेजेपछि राजा ज्ञानेन्द्र शाहलाई पनि हटाएको भन्दै निरंकुशता नबन्न ओलीलाई चेतावनी दिए । सरकारले मिडिया काउन्सील विधेयक ल्याएर वाक तथा अभिव्यक्ति र प्रेस स्वतन्त्रता खोस्न खोजेको देउवाको भनाई थियो । ‘२००७ सालदेखि कांग्रेस वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रताका लागि लडेको भन्दै विधेयक कुनै हालतमा पास हुन नदिने बताए । सरकारले स्वतन्त्र न्यायपालिका र मानवअधिकार आयोगमाथि पनि हस्तक्षेप गरिरहेको उनले बताए । ओली सरकार पञ्चायत भन्दा पनि तल्लो स्तरमा ओर्लेर निरंकुशता र मनपरी लाद्न खोजेकोले ‘सरकारविरुद्ध लड्नुपर्ने अवस्था आएको भन्दै देउवाले आन्दोलनका लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिए । विपक्षी दलका नेता देउवाले सरकारले ल्याएको वजेट कार्यकर्ता पाल्ने खालको मात्र भएको टिप्पणी गरे । कार्यक्रममा कांग्रेस महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टी एकजुट भए कसैले हराउन नसक्ने बताए । प्रमुख सचेतक बालकृष्ण खाणले सरकार निरंकुशता र सर्वसत्तावादतर्फ अग्रसर भएको आरोप लगाए । नेता शेखर कोइरालाले सरकारले संघीयता असफल बनाउने काम गरिरहेको बताएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #deuba
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्