प्रचण्ड पनि सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको पक्षमा

काठमाडौं १३ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि चौतर्फी आलोचना खेपिरहेको मिडिया काउन्सिल विधेयकको पक्षमा उभिएका छन् । प्रत्यक्ष समर्थन नगरे पनि अराजकता र प्रेस स्वतन्त्रता फरक–फरक बहस भइरहेका बेला प्रचण्ड सरकारले ल्याएको विधेयकको बचाउमा लागेका हुन् । १७ औँ कृष्ण सेन स्मृति दिवस समारोहमा प्रचण्डले प्रेस जगतमा अराजकता रहेको र त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको दाबी गरे । कार्यक्रममा उपस्थित सञ्चार मन्त्री तथा विधेयकका कठोर पक्षधर गोकुल बाँस्कोटाले जस्तैविधेयकको पक्षमा प्रचण्डले पहिलोपल्ट अभिब्यक्ती दिएका हुन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #hot
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्