कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज
काठमाडौँ २३ चैत । आन्तरिक किचलोमा रुमल्लिएको नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दैछ । दिउँसो पार्टी कार्यालय सानेपामा बस्ने बैठकबाट पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी छ ।त्यस्तै, बैठकमा संसदीय बोर्ड गठन, केन्द्रीय विभागका संयोजक छनौट लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग रहेका छन् । तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग गठन हुन सकेका छैनन् । केन्द्रीय सभापतिको अध्यक्षतामा पदाधिकारी स्वतः पदेन सदस्य हुने र केन्द्रीय सदस्यबाट ३१ जना चयन हुने कार्यसम्पादन समितिले केन्द्रीय समितिको एउटा बैठक र अर्को बैठकको अन्तरमा केन्द्रीय कार्यसमितिले काम गनेृ बिधानमा छ । काङ्ग्रेसमा अहिले सभापति, दुई उपसभापति, दुई महामन्त्री, एक सहमहामन्त्री, एक कोषाध्यक्ष र प्रवक्ता पदाधिकारी छन् । काङ्ग्रेसले यसअघि पनि कार्यसम्पादन समिति गठन गरेको थियो । तर पार्टीभित्रै विधानविपरित धेरै सङ्ख्या रहेको भनी आलोचना भएपछि विघटन भएको थियो । काङ्ग्रेसले पार्टीको संशोधित नयाँ विधानअनुसार संविधानबमोजिम बन्ने पार्टीका संरचनामा क्रियाशील सदस्यता वितरण विस्तार गर्न अभियान नै चलाउने जनाएको छ ।जिल्ला सभापतिको मागमा छलफल हुने सम्भावना कम भने कम छ । बिहीबार राजधानीमा सम्पन्न काङ्ग्रेसका जिल्ला सभापतिको दुईदिने भेलाले स्वतः प्रतिनिधि हुने र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय पुनर्विचार गर्न माग गरे पनि त्यसबारेमा शनिबारको बैठकमा छलफल हुने सम्भावना कम रहेको नेताहरुले बताएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति
ट्याग : #congress
ताजा खबर
- १अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- २प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ३इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ४मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ५खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग



तपाईको कमेन्ट लेख्नुहोस्