नेकपाका पोलिटब्युरो सदस्य कार्की पक्राउ
काठमाडौं २ चैत । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक जना नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोलिटब्युरो सदस्य मोहन कार्की छन् । आतंकवाद र राजनीतिक गतिविधिमाथि सुक्ष्म निगरानी गर्ने प्रहरीको इकाइ विशेष ब्यूरोले उनलाई शुक्रबार साँझ पक्राउ गरेको हो । गत २८ फागुनमा बसेका मन्त्रिपरिषद बैठकले विप्लव समूहलाई प्रतिबन्ध लगाएसँगै प्रहरीले समूहका नेता तथा कार्यकर्तालाई जहाँ भेट्यो, त्यहीँ पक्राउ गर्ने नीति लिएको छ । कार्की प्रतिबन्ध लगाएपछि पहिलो पटक पक्राउ परेका नेता हुन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति
ट्याग : #hot
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्