बिप्लवको कडा बिज्ञप्ती, ३० गते नेपाल बन्द

काठमाडौं २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपालाई लुटेराको संज्ञा दिएपछि उक्त दल थप सरकारसँग चिढिएको छ । उसले केपी ओली नेतृत्वको सरकारले आफ्ना नेता तथा कार्यकर्तामाथि गरेको दमनको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । विज्ञप्तिमा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले धम्की र प्रहरी परिचालन गरिरहेको भन्दै आपत्ति जनाएको छ । उसले सरकारी दमन नरोकिए त्यसको प्रतिरोध गर्ने समेत चेतावनी दिएको छ । आफना नेता तथा कार्यकर्ता पक्राउ गरेको भन्दै तत्काल रिहाईको माग गरेको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत शनिबार र आइतबार प्रचार प्रसार गर्ने, फागुन २७ गते कोणसभा गर्ने , फागुन २८ गते सरकारविरुद्ध र्याली निकाल्ने कार्यक्रम छन् । त्यसैगरी फागुन २९ गते मसाल जुलुसहितको र्याली निकाल्ने र फागुन ३० गते नेपाल बन्द गर्ने कार्यक्रम तय गरिएको विज्ञप्तिमा उल्लेख छ । केही दिन अघि भएको कपिलवस्तुको गोली काण्ड, देशभर सेना–प्रहरी परिचालन गरी गरिएको दमनको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको विज्ञप्तिमार्फत उल्लेख गरिएको छ । बिप्लव लगायतका केही नेता यतिबेला भूमिगत जस्तै बनेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #hot
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्