देउवा भन्छन् संविधान संशोधन गराउन कांग्रेस तयार
काठमाडौ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्न तयार भएको बताएका छन् । जनकपुरमा शनिबार सभापति देउवाले मधेसको भावना अनुसार हुने संविधान संशोधनका लागि आफू सदैव तयार रहेको बताएका हुन ।
शनिबारदेखि शुरु भएको जनकपुर कला साहित्य र अन्तर्राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै सभापति देउवाले ‘मधेसको भावना अनुसार हुने संविधान संशोधनलाई कांग्रेसले पुरै सहयोग गर्ने बताए । आफू प्रधनमन्त्री भएको बेला संविधान संशोधनको प्रयास गरेपनि एमालेले साथ नदिदा सफल नभएको बताए । कांग्रेस सभापति देउवाले मुलुकमा संघीयता अपरिहार्य रहेको भन्दै संघीयताबाट मुलुक पछि हट्न नसक्ने दाबी गरे । ‘संघीयतालाई कसैले चाहेर पनि खोस्न सक्दैनन्’ उनले ‘संघीयता नेपालको आवश्यक्ता र वास्तविकता दुवै भएको बताए । सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने गरी विधेयक ल्याएको भन्दै उनले आक्रोश पोखे ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #hot
ताजा खबर
- १बालेन शाहले माघ ४ गते मेयर पदबाट राजीनामा दिने
- २चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउँदै
- ३धनराज गुरुङले एक मिनेट बोल्ने बित्तिकै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
- ४विशेष महाधिवेशनबाट विद्रोह गरेको गगन थापाको जिकिर,दुवै महामन्त्रीका प्रतिवेदन पारित
- ५पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौंः विश्वप्रकाश शर्मा



तपाईको कमेन्ट लेख्नुहोस्