देउवा भन्छन् संविधान संशोधन गराउन कांग्रेस तयार
काठमाडौ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्न तयार भएको बताएका छन् । जनकपुरमा शनिबार सभापति देउवाले मधेसको भावना अनुसार हुने संविधान संशोधनका लागि आफू सदैव तयार रहेको बताएका हुन ।
शनिबारदेखि शुरु भएको जनकपुर कला साहित्य र अन्तर्राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै सभापति देउवाले ‘मधेसको भावना अनुसार हुने संविधान संशोधनलाई कांग्रेसले पुरै सहयोग गर्ने बताए । आफू प्रधनमन्त्री भएको बेला संविधान संशोधनको प्रयास गरेपनि एमालेले साथ नदिदा सफल नभएको बताए । कांग्रेस सभापति देउवाले मुलुकमा संघीयता अपरिहार्य रहेको भन्दै संघीयताबाट मुलुक पछि हट्न नसक्ने दाबी गरे । ‘संघीयतालाई कसैले चाहेर पनि खोस्न सक्दैनन्’ उनले ‘संघीयता नेपालको आवश्यक्ता र वास्तविकता दुवै भएको बताए । सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने गरी विधेयक ल्याएको भन्दै उनले आक्रोश पोखे ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #hot
ताजा खबर
- १अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- २प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ३इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ४मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ५खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग



तपाईको कमेन्ट लेख्नुहोस्