कांग्रेस केन्द्रीय समिति बैठक,सरकारको कामबारे समिक्षा
काठमाडौं १७ बैशाख । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीका आन्तरिक विषयसहित समसामयिक विषयवस्तुमा छलफल हुनेछ । मुख्यतः कोरोना भाइरससँग सम्बन्धित विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । कोरोनाभाइरसको जोखिम नियन्त्रण र रोकथामका लागि सरकारले गरिरहेको कामको मूल्यांकन, भएका कमीकमजोरीहरुलाई सुधार्न सुझाव दिने र पार्टीको भूमिका कस्तो हुने भन्ने विषयमा समेत छलफल हुने प्रवक्ता शर्माले बताउनुभयो । प्रमुख प्रतिपक्षीको भूमिकाका साथै बजेट अधिवेशन समयमै बोलाउनुपर्ने भन्ने विषयमा पनि छलफल हुनेछ । सरकार कारोना नियन्त्रण र रोकथामका लागि भन्दा पनि आन्तरिक बिबादमा फसेको भन्दै कांग्रेसले असन्तुष्टि जनाउदै आएको छ । सोमबार मात्रै कांग्रेसले प्रतिपक्षीदलहरुसँग समेत सरकारको कामकारवाहीबारे छलफल गरेको थियो ।
क्याटेगोरी : पत्रपत्रिका, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कांग्रेस
ताजा खबर
- १एमालेकै लाइनमा काँग्रेस : प्रतिनिधिसभा बिउताउन सर्वोच्च अदालतमा
- २घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
- ३पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५ पूर्वमन्त्रीसहित ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
- ४सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि
- ५प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश



तपाईको कमेन्ट लेख्नुहोस्