काफलवाली सम्मानित, काफल बेचेरै ७५ हजार कमाई
अर्घाखाँची १९ जेठ । कार्यक्रम थियो– तुसारेपानी लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन । त्यसमा एक फरक घोषणा गरियो काफलवालीलाई सम्मान । काफलवाली अर्थात गीता खत्री । अर्घाखाँचीको सन्धिखर्क्स्थित पाणिनि क्याम्पसमा नातक तेस्रो वर्ष पढ्छिन् २२ वर्षीय गीता । उनले काफल बेचेरै यस वर्ष ७५ हजार रुपैयाँ हात पारिन् । सन्धिखर्क–गोरुसिंगे सडकको नरपानीबाट घुम्तीसम्मको क्षेत्रमा उनले गाडीका यात्रुलाई काफल बेचेकी थिइन् । उनी अर्घाखाँचीकै सन्धिखर्क–६ नरपानी उपल्लो जगातकी हुन् । घरको आर्थिक अवस्था कमजोर रहेको बताउँदै उनले भनिन्, ‘पढ्का लागि पैसो जुटाउन काफल बेचेकी हुँ । केही काम गरौं न भने पाइँदैन । त्यसैले जंगलमा गएर काफल टिपेर बेचें । कमाइ पनि राम्रै भयो । अब मलाई यस वर्ष पढाइ खर्चको चिन्ता छैन ।’नरपानीका धेरै महिला जंगलको काफल टिपेर बेच्छन् । गाउँका भाउजू र आमाहरूले जंगलमा गएर काफल टिपेर बाटोमा बेच्ने गरेको देखेपछि आफू उत्साहित भएको उनले बताएको समाचार आजको अन्नपूर्ण दैनिकमा प्रेमनारायण आचार्यले लेखेका छन् ।
क्याटेगोरी : पत्रपत्रिका, प्रमुख समाचार, समाचार
ट्याग : #kafal
ताजा खबर
- १एमाले महाधिवेशन–मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने
- २रवीन्द्र मिश्र आफ्नै निर्वाचन क्षेत्रमा उपेक्षित
- ३चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- ४दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ५एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्



तपाईको कमेन्ट लेख्नुहोस्