प्रधानमन्त्री कार्यालयबाटै भयो बिप्लवका गतिबिधिबारे हेलचक्र्याइँ
काठमाडौं १४ जेठ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले शहरकेन्द्रित गतिविधि बढाएको विषयमा राष्ट्रिय अनुसन्धान विभागले एक साताअघि नै प्रधानमन्त्रीलाई रिपोर्टिङ गरेको थियो । विप्लव समूहले आफूलाई चर्चामा ल्याउन शहरकेन्द्रित गतिविधि सुरु गरेको र अवाञ्चित गतिविधि हुन सक्ने रिपोर्टिङ विभागका प्रमुख गणेश अधिकारीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई गरेका थिए । हाल विभाग प्रधानमन्त्री कार्यालयमातहत छ । ‘पुरानो जनयुद्धको रुपालाई गाउँभन्दा शहरकेन्द्रित गरेर आफूलाई अन्तर्राष्ट्रियकरण गर्न खोजको सूचन मुख्यसचिव रेग्मीलाई दिइएको छ ,’ अनुसन्धान विभाग स्रोतले भन्यो, ‘बम पड्किन्छ भन्ने प्राविधिक सूचना त होइन, उनीहरु अउजाउ बढेको, बैठक भेलाहरु सुरु भएको र त्यसमा जेसुकै निर्णय गर्न सक्नेगरी उनीहरु अघि बढेको भन्ने सूचना दिइएको समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।
क्याटेगोरी : जनगुनासो, पत्रपत्रिका, प्रमुख समाचार
ट्याग : #hot
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्