अव बिहान ५ देखि राति १० बजेसम्म सार्वजनिक यातायात चलाउनैपर्ने
काठमाडौं २५ चैत । काठमाडौँका सडकमा बिहान ५ देखि राति १० बजेसम्म सार्वजनिक सवारीसाधन अनिवार्य चलाउनुपर्ने व्यवस्थासहितको विद्येयक काठमाडौँ महानगरपालिका नगरसभाबाट पारित भएको छ । आइतबार बसेको नगरसभाको चौथो अधिवेशनले सवारी तथा यातायात व्यवस्थापन विद्येयक पारित गरेको हो । पारित विद्येयक १५ दिनमा मेयर विद्यासुन्दर शाक्यले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ । सार्वजनिक यातायात नचल्दा सर्वसाधाराणले सास्ती पाउँदै आएका छन् । आजभोली करिव साँढे ७ बजेदेखि नै सडकमा यातायात सञ्चालन भइरहेका छैनन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।
क्याटेगोरी : पत्रपत्रिका, प्रमुख समाचार
ट्याग : #sawari sadhan
ताजा खबर
- १पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
- २एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
- ३१५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा
- ४रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- ५काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव



तपाईको कमेन्ट लेख्नुहोस्