दर्ता नगरे फेसबुक बन्द हुने
काठमाडौ ४ चैत । काठमाडौंबाट प्रकाशित आजका दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा पनि अनियमितता र बेथितिसँग सम्बन्धित विषय प्राथमिकतामा परेका छन् । त्यस्तै, राजनीति, सुरक्षालगायत विषयलाई पनि पत्रिकाहरुले स्थान दिएका छन् । कान्तिपुरले मेडिकल कलेजको अवैध असुलीबारे मुख्य समाचार बनाएको छ । ‘लाखौं ठग्दै मेडिकल कलेज’ शीर्षक समाचारमा सुदीप कैनी लेख्छन्– ललितपुरको किस्ट, भैरहवाको युनिभर्सल, भरतपुरको चितवन, वीरगञ्जको नेसनल र पोखराको गण्डकी मेडिकल कलेजले फरक–फरक शीर्षक र दरमा लाखौं रकम अवध रुपमा असुल्ने गरेको पाइएको छ । सामाजिक सञ्जालबारे सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले व्यक्त गरकेो धारणालाई पनि कान्तिपुरले समेटेको छ । समाचार अनुसार, मन्त्री बाँस्कोटाले नेपाललाई सामाजिक सञ्जाल उपयोगको थलो मात्र हुन नदिने बताएका छन् । नेपालको कानुनअनुसार सामाजिक सञ्जाल कम्पनी दर्ता हुन नआए बन्द गर्ने उनले बताए । विप्लव समूह सुध्रिए सरकारले स्पेस दिने भनेर सञ्चारमन्त्रीले व्यक्त गरेको भनाइलाई गोरखापत्रले प्राथमिकताका साथ छापेको छ ।

क्याटेगोरी : पत्रपत्रिका, समाचार
ट्याग : #hot
ताजा खबर
- १मधेशका चार जिल्लामा आज पनि कर्फ्यु कायमै
- २धार्मिक सद्भाव कायम राख्न नेपाल प्रहरीको अपिल
- ३तराईका जिल्ला विषम परिस्थितिप्रति एनआरएनएद्वारा चिन्ता व्यक्त, शान्तिपूर्ण समाधान खोज्न आग्रह
- ४राहदानी विभागले बिहानदेखि रातिसम्म सेवाग्राहीलाई सेवा दिँदै
- ५रास्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता, पछिल्लो परिस्थितिबारे छ्लफल



तपाईको कमेन्ट लेख्नुहोस्