Techie IT
  • १ माघ २०८१, मंगलबार
KhojPatrika

हतियार भेट्ने बित्तिकै गोली चलाउनु


काठमाडौं ३० फागुन । राजधानी काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरु बिहिबारपनि विप्लवमाथि लगाइएको प्रतिबन्धमाथि केन्द्रित छन् । खासगरी नेकपामा देखिएको विवाद र प्रहरीको सुरक्षा रणनीतिबारे दैनिक पत्रिकाहरुले लेखेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अवकाशको मुखमा मुद्दा नहेर्न न्यायाधीशलाई दिएको निर्देशनलाई पनि पत्रिकाहरुले ‘कभरेज’ गरेका छन् । त्यस्तै, कांग्रेस विवाद, यौनधन्दालगायतका विषयलाई आजका पत्रिकाहरुले स्थान दिएका छन् ।
प्रतिबन्धले खैलाबैला

नेत्रविक्रम चन्द विप्लव समूहको गतिविधिलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति सत्तारुढ दल नेकपाका नेताहरुले जनाएको असन्तुष्टिबारे कान्तिपुरले मुख्य समाचार बनाएको छ ।

निर्णय गर्नुअघि सरकारले पार्टीमा छलफल नगरेको भन्दै नेकपा नेताहरुले मुखै फोरेर त्यसको स्वामित्व लिन नसक्ने बताउन थालेका छन् । सरकारले विप्लवको गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको भोलिपल्ट अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा सचिवालयमा रहेका माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र झलनाथ खनालको भेला भएको र प्रतिबन्धबारे समीक्षा गरेको समाचारमा उल्लेख छ । प्रतिबन्ध लगाएसँगै त्यसको असर देखिन थालेको छ । भरतपुरमा बुधबार विस्फोट भएको छ भने विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्माको गृहजिल्ला कालीकोटमा प्रहरीले सर्च एण्ड एरेष्ट अपरेशन सुरु गरेको छ ।

कान्तिपुर लेख्छ– सरकारले चन्द समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै प्रदेशहरुमा सुरक्षा सतर्कता बढाएको छ । सुरक्षा निकायलाई आन्तरिक विज्ञप्तिमार्फत दिइएको सूचनामा भनिएको छ– हतियारसहित फेला परे तत्काल फायर खोल्नू ।’ शान्तिपूर्ण भेला वा कार्यक्रम गर्न पनि विप्लव समूहलाई प्रतिबन्ध लगाइएको छ । प्रहरीले शान्तिपूर्ण गतिविधि गरेमा मात्रै पनि उनीहरुलाई नियन्त्रणमा लिने नीति लिएको छ ।

लगानीमा झमेला

सरकारले समृद्ध नेपालको नारालाई प्राथमिकतामा राखेको छ । तर, सरकारले देश विकासको नारा अघि सारे पनि लगानीको वातावरण भने बन्न नसकेको कान्तिपुरले लेखेको छ ।

कान्तिपुरका अनुसार स्वदेशी तथा विदेशी दुवै लगानीका लागि झमेला गर्नुपर्ने अवस्था छ । संयन्त्रहरु थपिँदै जाँदा थप समस्या छ ।

बुटवलको कोठीमा रूसी र चिनियाँ

बिहीबार प्रकाशित हुने शुक्रबार साप्ताहिले नेपालमा बढ्दो विदेशी यौनकर्मीमाथि कभर स्टोरी लेखेको छ । रिपोर्टअनुसार, बुटवलका कोठीमा त्यस्ता यौनकर्मीहरु भेटिन थालेका छन् ।

यति मात्र होइन, नेपाल विदेशी यौनकर्मीको ट्रान्जिट बन्दै गएको दाबी पनि शुक्रबारको छ । शुक्रबारले लेखेको छ– पछिल्लो समय नेपाली यौन बजारका सक्रिय दलाल र भारतीय यौन बजारका दलालको सहकार्यमा नेपाल आएका विदेशी यौनकर्मीलाई नेपालको खुला सीमा पार गराउँदै भारतीय शहरसम्म पुर्याउने गरेका छन् ।


क्याटेगोरी : पत्रपत्रिका, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्