भारत र पाकिस्तानमा को शक्तिशाली ?
काठमाडौं । भारतले पाकिस्तानी भूमिमा बम खसालेपछि दुई देशबीच तनाव झन बढेको छ । भारत सरकार र त्यहाँका मिडियाहरुको उत्तेजना हेर्दा कुनै पनि क्षण पाकिस्तानको धैर्यको बाँध फुट्न सक्ने खतरा देखिन्छ । यसबाट कुनै पनि समय दुई देशबीच युद्ध भड्किन सक्ने खतराले विश्व समुदायलाई चिन्तित बनाएको छ ।
यदि निर्णायक युद्धमा होमिएको खण्डमा दुबै देश ध्वस्त हुन सक्छन्, किनकि दुवै आणविक शक्तिसम्पन्न राष्ट्र हुन् ।भारतमा तीन महिनापछि लोकसभा चुनाव हुँदैछ । त्यसैले सरकारलाई जनताका अगाडि बढीभन्दा बढी राष्ट्रवादी देखिनु छ । भारतमा भोट बटुल्ने प्रमुख अस्त्र भनेकै धर्म र राष्ट्रवाद हो । र, राष्ट्रवादी देखिने प्रमुख अस्त्र भनेको पाकिस्तानमाथि जाइलाग्नु हो ।
त्यसैले पुलुआमा घटनाले भाजपा सरकारलाई ठूलो मौका मिलेको छ, उग्र राष्ट्रवाद प्रदर्शन गर्ने । यसमा भारतीय मिडियाले सरकारलाई थप मलजल गरिरहेका छन् ।
क्याटेगोरी : पत्रपत्रिका, प्रमुख समाचार, समाचार
ट्याग : #hot
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्