पाकिस्तानमा ८ वर्षीय बालिकाको बलात्कारपछि हत्या
लाहोर । पाकिस्तानको लाहोरको राईविन्ड क्षेत्रमा बलात्कृत भएको ८ वर्षीय बालिकाको केही दिनसम्म जीवन–मरणको संघर्षपछि अस्पतालमा मृत्यु भएको छ ।
अपराध लुकाउन बलात्कारीले बालिकालाई छतबाट फालेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार ८ वर्षीया बालिकालाई कारी नाम गरेका युवाले केही दिनअघि बलात्कार गरेर माथिल्लो तलाबाट तल फालेका थिए ।
घाइते बालिकाको बाल अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको क्रममा मृत्यु भएको हो । प्रहरीले अभियुक्त कारीलाई पक्राउ गरी अनुसन्धान थालेको छ भने अभियुक्त कारी रिजवानले अपराध स्वीकार गरेका छन् ।
क्याटेगोरी : विदेश
ताजा खबर
- १जेलबाट भाग्ने राजनीतिक अगुवा भए, सरकारले निष्पक्ष निर्वाचन गराउँदैनः केपी शर्मा ओली
- २आफ्नो निवासमा आएका नेताहरूलाई देउवाले भने–पार्टी नफुटोस् भन्ने चाहन्छु
- ३नेपाल निर्यात परिषद्ले १० औँ निर्यात दिवस मनाउने
- ४विशेष महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार भएको ठोकुवा, पछि हट्न नसक्ने जिकिर
- ५१३ नेपालीलाई कतारले दियो आममाफी



तपाईको कमेन्ट लेख्नुहोस्