एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
काठमाडौं । बिल गेट्सले जेफ्री एपस्टिनका ३० लाख पृष्ठका फाइलहरूमा आफ्नो नाम समावेश भएको विषयमा बोल्दै ती दिवंगत बाल–यौन दुर्व्यवहारीसँग बिताएको प्रत्येक क्षणप्रति आफूलाई पछुतो लागेको बताएका छन् ।
माइक्रोसफ्टका सहसंस्थापकको एपस्टिनसँगको सम्बन्ध पहिले पनि सार्वजनिक भइसकेको थियो । सन् २०११ मा उनीहरूबीच पहिलो भेट भएपछि गेट्सले ती फाइनान्सरसँग पटक–पटक भेटेको कुरा स्वीकार गरे पनि एपस्टिनको टापुमा गएको वा महिलाहरूसँग कुनै सम्बन्ध राखेको कुरालाई भने अस्वीकार गरेका छन् ।
‘उसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छ र त्यसका लागि म क्षमाप्रार्थी छु,’ गेट्सले अष्ट्रेलियाको नाइन न्यूजलाई बताएका छन् । एपस्टिनसँग समय बिताउनु मूर्खतापूर्ण कार्य थियो, उनले भनेका छन् । एप्स्टिनसँग परिचय भएकोमा पश्चाताप समेत भएको कुरा गेट्सले भनेका छन् ।
‘जति धेरै कुराहरू बाहिर आउँछन्, त्यति नै प्रष्ट हुनेछ कि, यद्यपि त्यो भेटघाट एउटा गल्ती थियो तर त्यसको त्यस्तो प्रकारको व्यवहारसँग कुनै सम्बन्ध छैन,’ गेट्सले थपे । एपस्टिनको इमेल एकाउन्टमा सुरक्षित रहेका सन् २०१३ का ड्राफ्ट इमेलहरूले ती फाइनान्सर र माइक्रोसफ्टका सहसंस्थापकबीचको विश्वासघातको भावनालाई लिपिबद्ध गरेको देखिन्छ ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्