अग्निपथले भारतीय सुरक्षाबललाई विश्वको उत्कृष्ट मध्ये एक बनाउँछः भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतले अघि सारेको अग्निपथ योजनाले भारतीय सशस्त्र सेनालाई विश्वको सर्वश्रेष्ठ सेनामा रुपान्तरण गर्ने बताएका छन् । उनले अग्निपथ योजनामा युवा, उच्च प्रविधि र लडाई गर्न तयार सेनाले कारण भारतले भविष्यमा हुने कुनै पनि चुनौती सजिलै सामना गर्ने बताए ।
सीमावर्ती प्रदेशको स्याङ जिल्लामा रहेको रणनीतिक दृष्टिले महत्वपूर्ण सियोम पुलको उद्घाटन गर्दै मन्त्रीले यस्तो बताएका हुन् । गत वर्ष जुनमा घोषणा गरिएको अग्निपथ योजना अन्तर्गत, २६ हजार अग्निवीर ९सेनाका लागि २०,हजार र आईएफ र नौसेनाका लागि ३ हजार ले आफ्नो प्रशिक्षण सुरु गरिसकेका छन्।
फेब्रुअरी–मार्चमा तालिमका लागि थप २०,००० सेनाको रेजिमेन्टल केन्द्रहरूमा सामेल हुने योजना छ। यी ४६ हजार सैनिकहरू, वायुसेनाहरू र नाविकहरू मध्ये २५ प्रतिशत मात्र पहिलो चार वर्ष पछि अर्को १५ वर्षको लागि सेवा गर्न चयन हुनेछन्। बाँकी ७५ प्रतिशत ले ११।७१ लाख रुपैयाँको लिएर बिदा हुनेछन् ।
क्याटेगोरी : विदेश
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्