अमेरिकी सभामुख नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित पुगिन ताइवान
काठमाडौं । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवानको राजधानी ताइपेई पुगेकी छिन् । अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित ताइपेइ पुगेको पेलोसीले आफूहरुको भ्रमण ताइवानको जीवन्त लोकतन्त्रप्रति अमेरिकाको समर्थनका लागि भएको बताएकी छन् ।
उनले ट्वीट गर्दै ताइवानको नेतृत्वसँग साझा हितका साथै हिन्त प्रशान्त क्षेत्रलाई स्वतन्त्र र खुला क्षेत्रका रुपमा अगाडि बढाउन विषयमा हुने बताएकी छन् । सभामुख पेलोसीले लेखेकी छन्, विश्वले निरंकुशता र लोकतन्त्रमध्ये एक विकल्प रोज्नुपर्ने बेलामा ताइवानी जनताका लागि अमेरिकी समर्थन अरुबेला भन्दा महत्वपूर्ण छ ।’ अमेरिकी सभामुख पेलोसीले सोमबार सिंगापुरबाट आफ्नो एसिया यात्रा थालेकी थिइन् ।
उनको ताइवान भ्रमणबारे केही बताइएको थिएन । बेइजिङले भने ताइवान भ्रमण नगर्न चेतावनी दिएको थियो । किनकी चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्त मान्दै आएको छ । तर, उनी मंगलबार साँझ ताइपेई पुगेकी छन् ।
यो ताइवानमा दशकौंमा भएको अमेरिकी अधिकारीको पहिलो भ्रमण हो । लामो समयदेखि मानव अधिकारको पक्षमा वकालत गर्दै आएकी पेलोसी चीनको मानव अधिकारको रेकर्डको कटु आलोचक हुन् । चीनले सुरुदेखि नै पेलोसीको भ्रमणको विरोध गर्दै आएको छ र मंगलबार नै भ्रमण गरे ‘अमेरिकाले ठूलो मूल्य चुकाउने’ धम्की दोहोर्याएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश
ट्याग : #राजधानी ताइपेई
ताजा खबर
- १पार्टी नेतृत्व र वैधानिकतामाथि भ्रम फैलाउने षड्यन्त्रको सशक्त प्रतिवाद गर्छौँः कांग्रेस
- २२३ वर्षे अन्तर्राष्ट्रिय यात्रामा पूर्णविराम लगाउँदै रोनाल्डो
- ३भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री शाहबीच भेटवार्ता, के के भयो कुराकानी ?
- ४रविले भने आइजीपी परिवर्तनको औचित्य सरकारले पुष्टी गर्ला
- ५सरकार र प्रमुख प्रतिपक्षबीच टकराव चुलियो, गगनले दिए सरकारलाई चुनौती



तपाईको कमेन्ट लेख्नुहोस्