महिलाहरुमाथि यौन दुव्र्यवहारको आरोप लागेका न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोद्वारा राजीनामा
काठमाडौं । विभिन्न महिलाहरुमाथि यौन दुव्र्यवहारको आरोप लागेका अमेरिकाको न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोले राजीनामा दिएका छन् । राज्यकी न्यायाधीवक्ताले गरेको अनुसन्धानमा कुओमोले महिलाहरुमाथि यौन दुर्व्यहार गरेको पाइएको उल्लेख थियो । त्यसपछि उनीमाथि राजीनामाको दबाब परेको थियो ।
लगातार आरोप अस्वीकार गर्दै आएका कुओमोले अझै पनि आफूले कुनै पनि महिलालाई दुर्व्यवहार नगरेको बताएका छन् । उपगभर्नर क्याथीहकलले गभर्नरको जिम्मेवारी सम्हाल्ने छिन् । उनी न्यूयोर्कको नेतृत्व गर्ने पहिलो महिला बन्ने भएकी छन् । कुओमोलाई राष्ट्रपति जो बाइडेनसहित डेमोक्र्याटिक पार्टीकै नेताहरुबाट राजीनामाका लागि दबाब परेको थियो ।
क्याटेगोरी : विदेश
ट्याग : #यौन दुव्र्यवहार
ताजा खबर
- १अजयबाबुको अभियानले गर्माउँदै दोलखाको चुनावी माहोल
- २रहेनन् बालेनको प्रचारमा हिँडेका पत्रकार दिनेश सिटौला, के हो घटना ?
- ३मधेसमा झन् बढ्यो गगन थापाको लोकप्रियता
- ४प्रचण्डलाई विप्लवको जवाफ– विचलनकारीले एकताको अपिल गरेको सुहाउँदैन
- ५धनुषा पुगेर गगनले भने– कांग्रेसमा अब गुट छैन, ध्वंस गर्ने पार्टी पनि होइन



तपाईको कमेन्ट लेख्नुहोस्