पाकिस्तानमा चिनियाँ परियोजनाका कामदारहरु विभिन्न आक्रमण र दुर्घटनाका शिकार
एजेन्सी। पाकिस्तानमा चिनियाँ परियोजनामा आबद्ध चिनियाँ कामदारहरु विभिन्न आक्रमण र दुर्घटनामा पर्ने गरेका छन् । पाकिस्तानमा चिनियाँ परियोजनामा आबद्ध कामदार तथा ईन्जिनियरहरु विभिन्न दुर्घटनाको शिकार बन्दै आएको पाइएको छ । सन् २००४ मे ३ मा ग्वाद्दर मा भएको कार बम बिष्फोटमा तीन चिनियाँ ईन्जिनियरहरुको ज्यान गएको थियो ।
सन् २००२ मा एघार फ्रान्सेली कामदारहरुको ज्यान जाने गरि भएको कराँची आक्रमणपछि विदेशी कामदारहरुको ज्यान गएको यो अर्को ठुलो दुर्घटना हो । ग्वाद्दर बन्दरगाह निर्माण कार्यमा त्यो समयमा चार सय भन्दा बढी चिनियाँ ईन्जिनियर तथा कामदारहरु कार्यरत थिए । पछिल्लो समयमा पाकिस्तानको उत्तरी क्षेत्रस्थित कोहिस्तानमा भएको बस दुर्घटनामा नौ जना चिनियाँ कामदारहरुको ज्यान गएको छ ।
कोहिस्तानस्थित जलबिधुत परियोजनामा कार्यरत चिनियाँ तथा पाकिस्तानी कामदार बोकेको बस दुर्घटनामा परेको हो । उक्त जलबिधुत परियोजना चीन पाकिस्तान आर्थिक कोरिडोर परियोजना को हिस्सा रहेको बताईएको छ । पाकिस्तानमा चिनिँया परियोजनामा सँग सम्बन्धित चिनियाँ कामदारहरु लक्षित आक्रमणहरु योजनाबद्ध हुने गरेको कतिपय मानिसले आशंका गर्ने गरेको पाईन्छ । स्रोतः द न्युज
क्याटेगोरी : विदेश
ट्याग : #चिनियाँ कामदार
ताजा खबर
- १‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
- २पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान
- ३नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
- ४कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छः सुरेन्द्र पाण्डे
- ५कार्की आयोगको प्रतिवेदन खोज्दै रक्षा बमले सोधिन–मेरो हातमा रगत लागेको छ ?



तपाईको कमेन्ट लेख्नुहोस्