अस्ट्रेलियामा दुर्घटनामा परी दुई नेपालीको मृत्यु, तीन घाइते
काठमाडौं १२ साउन । सिड्नीबाट स्नोई माउन्टेनतर्फ जाँदै गरेको कार सडक दुर्घटना हुँदा त्यसमा सवार दुईजना नेपालीको घटनास्थलमैँ मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । तीव्र गतिमा रहेको उक्त कारले सडक छोडेर पल्टिएपछि उक्त घटना भएको जनाइएको छ । सडक छोडेर एउटा रूखसँग ठोक्किएपछि पछिल्लो सिटमा रहेकी महिला केही मिटर पर हुत्तिएकी तथा गाडीले करिब १ सय ६० मिटरसम्म चिप्लिएर घस्रिएको प्रहरीले जनाएको छ । न्यू साउथवेल्स प्रहरीका अनुसार आइतबार स्थानीय समयअनुसार बिहान ३ बजेर ४० मिनेट जाँदा इमर्जेन्सी सेवालाई रोजभ्याली रोड, बनयननजिक पर्ने मोनारो हाइवेमा बोलाइएको थियो । सो स्थान कुमाबाट १० किलोमिट उत्तरमा तथा राजधानी क्यानबेराबाट करिब १ सय १५ किलोमिटर दक्षिणमा पर्दछ । मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेका छन् भने २२ वर्षीय चालक तथा १९ वर्षीय दुई यात्रुहरूको टाउकोमा चोट लागेको छ । घाइते चालक र दुई यात्रुलाई न्यूसाउथवेल्स एम्बुलेन्सका रामेडिक्सले घटनास्थलमा प्राथमिक उपचारपश्चात् नजिकैको कुमा अस्पतालमा पुर्याएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, साहित्य
ट्याग : #bidesha
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्