भारतीय वायुसेनाको विमान सम्पर्कविहिन
काठमाडौं २० जेठ । भारतीय वायु सेनाको एएन–३२ विमान सम्पर्कविहिन भएको छ। १३ जना सवार वायुसेनाको एएल ३२ विमान आसामको जोरहाटबाट अरुणाञ्चलका लागि उडेको थियो। जोरहाटबाट १२ बजेर २५ मिनेट जाँदा उडेको सो विमान दिउँसो १ बजेबाट सम्पर्क बिहिन भएको हो । विमानमा आठ चालक दलका सदस्य र ५ यात्रु रहेका थिए। भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतीय विमान वेपत्ता भएको पुष्टि गरेका छन्। यसअघि पनि भारतीय वायु सेनाको एएन ३२ कलसाइन भएको अर्को विमान सन् २०१६ मा चेन्नईबाट अन्डमान जाने क्रममा पनि बेपत्ता भएको थियो। त्यतिबेला उक्त विमानमा सेनाका १२ जवान, ६ चालक दलका सदस्य, २ अन्य सैनिकका साथ एकै परिवारका ८ जना सवार थिए। सो विमान अहिलेसम्म पनि भेटिएको छैन
क्याटेगोरी : प्रमुख समाचार, विदेश
ट्याग : #biman
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्