गुगलले हुवाईसँग सम्बन्ध तोड्यो
काठमाडौं ६ जेठ । गुगलले चिनियाँ टेलिकम जाइन्छ हुवाईसँगको सम्बन्ध तोडेको छ । अब हुवाई फोनको एन्ड्रोइड अपरेटिङ्ग सिस्टम अपडेट नहुने भएको छ । हुवाईका नयाँ फोनहरुले गुगलका चर्चित एप्लिकेशनमा पहुँच पाउने छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवाईसँग अमेरिकी कम्पनीले कारोबार गर्न नपाउने निर्णय गरेको केही दिनमै गुगलले हुवाईसँगको सहकार्य तोडेको हो । हुवाईले गुगलले गरेको निर्णयका बारेमा प्रतिक्रिया दिएको छैन । सबैभन्दा पहिले समाचार संस्था रोयटर्समा प्रकाशित भएको खबर अनुसार अब हुवाईले गुगलको सेक्युरिटी अपडेटमा पहुँच पाउने छैन । यस्तै प्राविधिक सहयोग पनि । नयाँ फोनहरुले युट्युब तथा म्यापसहितका गुगलका एप्लिकेशनमा पहुँच पाउने छैनन् ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, प्रविधि, विदेश
ट्याग : #huwai
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्