प्रहरी र सशस्त्र समूहबिच श्रीलंकामा गोली हानाहान
काठमाडौं १४ बैशाख । श्रीलंकामा प्रहरी र सशस्त्र समूहबिच गोली हानाहान भएको छ । आइतबार इस्टरको दिन राजधानी कोलम्बोसहित आसपासका क्षेत्रमा चर्च तथा होटलमा शृङ्खलाबद्ध बम आक्रमण भएको थियो । घटनामा कम्तिमा २ सय ५० जनाले ज्यान गुमाएका थिए । भने ५०० जना भन्दा बढि घाइते भए । प्रहरीसहितका सुरक्षा निकायले आक्रमणकारीको खोजी गरिरहेका छन् । यहि क्रममा देशको पूर्वी क्षेत्रमा प्रहरीले र सशस्त्र समूहबिच शनिबार बिहान गोली हानाहान भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै प्रहरीले कारवाही अभियान चलाइरहेका बेला बात्तिकालोया नजिकै अम्पारा बजारमा बिस्फोट पनि भएको सेनाका प्रवक्ताले बताएका छन् । सोही आसपास क्षेत्रमा प्रहरीको छापाको क्रममा इस्लामिक स्टेट आइएसको पोशाक बरामद भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश
ट्याग : #hot
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्