सम्बन्धविच्छेद गरेपछि मक्केन्जी बेजोस बनिन् विश्वकी तेस्री धनी महिला
काठमाडौं २३ चैत । एमेजन कम्पनीका संस्थापक जेफ बेजोस संसारका सबैभन्दा धनी व्यक्ति हुन्। सम्बन्धविच्छेद गर्दा उनले पत्नी मक्केन्जी बेजोसलाई झन्डै ३५ अर्ब अमेरिकी डलर दिने सहमति गरे । यति सम्पत्ति हुँदा मक्केन्जी विश्वकी तेस्री धनी महिला बनेकी छन्। उनीहरूले विवाह गरेको एक वर्षपछि जेफले सन् १९९४ मा सियाटलमा सो कम्पनी खोलेका थिए। मक्केन्जी त्यहाँ काम गर्न थाल्ने मध्येकी पहिलो एक कर्मचारी थिइन्। अब मक्केन्जी बेजोससँग एमेजन कम्पनीमा चार प्रतिशत हिस्सा हुनेछ। धनी महिलाको सूचीमा लोरिआल ब्रान्डकी उत्तराधिकारी फ्राँस्वाज बेताँकूर मायर्स पहिलो स्थानमा छिन् भने दोस्रो स्थानमा वालमार्टको संस्थापककी छोरी एलिस वाल्टन भएको बिबिसीले उल्लेख गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश
ट्याग : #dhani
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्