सम्बन्धविच्छेद गरेपछि मक्केन्जी बेजोस बनिन् विश्वकी तेस्री धनी महिला
काठमाडौं २३ चैत । एमेजन कम्पनीका संस्थापक जेफ बेजोस संसारका सबैभन्दा धनी व्यक्ति हुन्। सम्बन्धविच्छेद गर्दा उनले पत्नी मक्केन्जी बेजोसलाई झन्डै ३५ अर्ब अमेरिकी डलर दिने सहमति गरे । यति सम्पत्ति हुँदा मक्केन्जी विश्वकी तेस्री धनी महिला बनेकी छन्। उनीहरूले विवाह गरेको एक वर्षपछि जेफले सन् १९९४ मा सियाटलमा सो कम्पनी खोलेका थिए। मक्केन्जी त्यहाँ काम गर्न थाल्ने मध्येकी पहिलो एक कर्मचारी थिइन्। अब मक्केन्जी बेजोससँग एमेजन कम्पनीमा चार प्रतिशत हिस्सा हुनेछ। धनी महिलाको सूचीमा लोरिआल ब्रान्डकी उत्तराधिकारी फ्राँस्वाज बेताँकूर मायर्स पहिलो स्थानमा छिन् भने दोस्रो स्थानमा वालमार्टको संस्थापककी छोरी एलिस वाल्टन भएको बिबिसीले उल्लेख गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश
ट्याग : #dhani
ताजा खबर
- १शीतल निवासले सरकार–तीन दल खोल्यो छलफलको ढोका, अब बालुवाटारमा जुट्ने
- २क्रियाशील सदस्यता वितरणमा समन्वय र सहजीकरण गर्न जिल्ला सभापतिहरूलाई कांग्रेसको निर्देशन
- ३सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- ४सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ५कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल



तपाईको कमेन्ट लेख्नुहोस्