बोइङले घटायो ७३७ मोडलको विमान उत्पादन
काठमाडौंं २३ चैत । इथियोपिया र इन्डोनेशियामा भएका दुर्घटनापछि बोइङले धेरै बिक्री हुने आफ्नो ७३७ मोडलको विमान उत्पादनमा अस्थायी रूपमा कटौती गर्न लागेको छ। एप्रिल महिनाको मध्यदेखि प्रतिमहिना ५२ बाट घटाएर ४२ वटा मात्रै सो मोडलको विमान बनाइने उसले एउटा विज्ञप्तिमार्फत् जनाएको छ। बोइङ ७३७ म्याक्स मोडलको विमानको हस्तान्तरण रोकिएपछि सो कम्पनीले पछिल्लो कदम चालेको हो। इथियोपिया र इन्डोनेशियामा भएका दुर्घटनामा सोही मोडलका जेट विमानहरू परेका थिए।
प्रारम्भिक अनुसन्धानहरूले विमानलाई धेरै ठाडो हुनबाट रोक्ने ुएन्टिस्टलु प्रणालीमा समस्या भएको देखाएपछि सो मोडलका जेटहरू अहिले उडानबाट हटेका छन्। गत मार्चमा एथियोपियन एअरलाइन्सको ७३७ म्याक्स मोडलको विमान आदिस अबाबाबाट उडेको केही मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो। पाँच महिनाअघि इन्डोनेशियाको लायन एअरको सोही मोडलको विमान जकार्ताबाट उडेको केही समयमा समुद्रमा खसेको बिबिबसीले उल्ल्ेख गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश
ट्याग : #boing
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्