उर्जा मन्त्री पुन बोल्दा संसदमै बत्ती गएपछि…….
काठमाडौं २३ साउन । बिहिबारको संघीय संसद अन्र्तगत प्रतिनिधिसभा बैठकको शुन्य समयमा सांसदले बिभिन्न समसामयिक घटनाक्रम प्रस्तुत गरे । शुन्य समयपछि सार्वजनिक महत्वका बिषयमा उर्जा जलस्रोत र सिचाई मन्त्री बर्षमान पुनलाई सभामुख कृष्णबहादुर महराले समय दिए । मन्त्री पुन रोष्टममा पुगे लगत्तै उनले उर्जा र सिचाईका बिषयमा बोल्नै लागेका थिए । तर, बत्ती झ्याप्प गयो । करिव १५ सेकेण्डमा सांसदले जोडले ताली बजाए । त्यसपछि बत्ती आयो र मन्त्री पुनले हाँस्दै धन्यवाद एकै छिनमा आयो भन्दै मुस्कुराए । अनि आफ्ना उर्जा र सिचाईका बिभिन्न कुराहरु अगाडि बढाएका थिए । उनले जुम्लाका सर्वसाधारणले बिद्युत अवरोध भइरहेको बिषय जानकारी दिएको भन्दै सुचारु गराउन पहल भइरहेको जानकारी दिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, विचार/लेख
ट्याग : #samsad ma batti gayo
ताजा खबर
- १रास्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेको भेट,के-के भयो कुराकानी ?
- २सबै दलको तर्फबाट एउटा संयुक्त अपिल आउँछ : सभापति लामिछाने
- ३बाघ गणनाको नतिजा सार्वजनिक : संख्या ४२९, वृद्धिदर घट्यो
- ४यस्तो बेलामा पनि प्रधानमन्त्री ठालू बनेर बस्ने हो ? : गगन थापा
- ५गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन कांग्रेस कार्यालय पुगे रवि



तपाईको कमेन्ट लेख्नुहोस्