बाघ गणनाको नतिजा सार्वजनिक : संख्या ४२९, वृद्धिदर घट्यो
काठमाडौं । नेपालमा बाघको संख्या वृद्धि भएर ४२९ पुगेको छ । २०८२ सालको गणनामा बाघको संख्या ३३५ बाट बढेर ४२९ परेको हो ।
बाघ दिवसको अवसरमा आज आयोजित एक कार्यक्रममा बाघ गणनाको नतिजा सार्वजनिक गरिएको हो ।
यसअघि २०७८ मा गरिएको गणनामा देशभर बाघको संख्या ३५५ रहेको थियो ।
पछिल्लो चार वर्षमा ७४ बाघ थपिएको गणनाले देखिएको छ । जसअन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा १४५, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा ११२, बाँके राष्ट्रिय निकुञ्जमा ५१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा ५०, पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ७१ वटा बाघ पुगेका छन् ।
यसअघि, २०७८ मा गरिएको गणनामा सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ बटा, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बटा, पर्सामा ४१, शुल्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ रहेका थिए ।
यसपटकको गणनामा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा १७, बाँके राष्ट्रिय निकुञ्जमा २६, पर्सा राष्ट्रिय निकुञ्जमा ३०, शुक्लाफाँटामा १४ वटा बाघ बढेका छन् । तर, बर्दिया राष्ट्रिय निकुञ्जमा भने बाघको संख्या १३ वटाले घटेको देखिएको छ ।
क्याटेगोरी : पर्यटन, प्रमुख समाचार, समाचार
ताजा खबर
- १प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच भेटबार्ता
- २नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- ३रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ४बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ५नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण



तपाईको कमेन्ट लेख्नुहोस्