कञ्चनपुरमा जेसिबीको ठक्करबाट तीन जनाको मृत्यु, पाँच घाइते
कञ्चनपुर ३१ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा जेसीबीले अटोरिक्सालाई ठक्कर दिँदा तीन जनाको ज्यान गएको छ । से १ त ७३३ नंको जेसिबीले ठक्कर दिँदा मे १ ह ७६३ नंको अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको मृत्यु भएको हो । दुर्घटनामा परी बैतडीको देहीमाण्डौँ नगरपालिका–२ का अन्दाजी २८ वर्षीय किशन बोहरा, पोखरा पृथ्वीचोक बस्ने ३५ वर्षीया बीना रिजाल र भारतीय नागरिक ५८ वर्षीय तिलप्रसादको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य पाँचजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा भीमदत्तनगरपालिका–१० का १८ वर्षीया जगदीश पार्की, बैतडी देहीमाडौँका ३२ वर्षीया लक्ष्मी बोहरा, उहाँका तीन वर्षीया छोरा निशान्त बोहरा, भीमदत्तनगरपालिका–११ का २६ वर्षीय प्रेम थापा र बेल्डाँडी गाउँपालिका–७ का २६ वर्षीय सन्तोष लुहार रहेको छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार
ट्याग : #death
ताजा खबर
- १राष्ट्रपति पौडेलको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
- २प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै
- ३रास्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेको भेट,के-के भयो कुराकानी ?
- ४सबै दलको तर्फबाट एउटा संयुक्त अपिल आउँछ : सभापति लामिछाने
- ५बाघ गणनाको नतिजा सार्वजनिक : संख्या ४२९, वृद्धिदर घट्यो



तपाईको कमेन्ट लेख्नुहोस्