गोल लाइनमै ‘बल्न्डर जसले गोल हुन पाएन
काठमाडौं २५ चैत । आवश्यक नै नपरेको अवस्थामा बललाई टच गर्दा लगभग हुँदै गरेको गोल पनि रोकिएको छ । गोल रोकिदा पेरिस सेन्ट–जर्मेन पिएसजी ८ खेल अघि नै फ्रेन्च लिग वानको उपाधि जित्ने अवसरबाट पछि परेको छ । लिग अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा १३ औँ मिनेटमा एरिक म्याक्सिम चुपो–मोटिङ्गको गोलबाट पिएसजीले अग्रता लियो । नुनो डा कोस्टाले २६ औँ मिनेटमा स्ट्रासबर्गका लागि बराबरी गोल फर्काए ।त्यसपछि पिएसजीका क्रिष्टोफर एनकुन्कुले बल पोस्टमा प्रहार गरेका थिए । गोल हुने अवस्थाको बललाई १३ औँ मिनेटमा गोल गरेका एरिकले अनावश्यक रुपमा टच गरे र गोल हुन पाएन । जसले जितबाट रोकिनु पर्यो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार
ट्याग : #khel
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्