काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल, अवतरण गर्ने तयारी
काठमाडौं । फ्लाइ दुबईको जहाजको देब्रे इन्जिन फेल भएर आगो लागेको टावरलाई जानकारी गराइएको छ । दाहिने पट्टिको इन्जिनको अवस्था जाँच गरेर के गर्ने भन्ने सल्लाह हुँदैछ । जहाज अहिले धादिङको धार्के माथिको आकाशमा होल्ड गरिएको छ टिआइएले जनाएको छ ।
राति ९ बजेर २१ मिनेटमा उडेको फ्लाइ दुबईको विमानमा समस्या देखिएको बताइएको छ । जहाजमा १ सय ६७ यात्रु रहेका छन् । फ्लाइ दुबईको प्राविधिक समस्या देखिएको जहाजमा १६९ जना यात्रु रहेको पुष्टि भएको छ । त्रिभुवन विमानस्थल स्रोतले जहाजमा १ सय २० विदेशी र ४९ जना नेपाली रहेको जानकारी दिएको छ ।
जहाज दुबईका लागि त्रिभुवन विमानस्थलबाट उड्ने बित्तिकै प्राविधिक समस्या आएको थियो । जहाजमा आगोको झिक्कासहित आकाशमै विस्फोटको आवाज सुनिएको थियो । Call sign Fz 576 नम्बरकाे उक्त्त जहाज अहिले पनि आकाशमै रहेको र विमानस्थलमा अवतरण गराउने प्रयास भइरहेको छ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, सामाजिक सञ्जाल
ट्याग : #देब्रे इन्जिन फेल, #फ्लाइ दुबई
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्