Techie IT
  • २२ मंसीर २०७८, बुधबार
KhojPatrika

गण्डकी प्रदेशमा आज नयाँ मुख्यमन्त्री पाउदै, कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेलको दाबी


काठमाडौं । गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउदैछ । नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले दाबी पेश गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो दल कांग्रेससँगै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीको लागि प्रदेशप्रमुख समक्ष दावी पेश गरेका छन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमत जुटाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसका १५, माओवादी केन्द्रका ११ सभामुखबाहेक, जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसद पोखरेललाई मुख्यमन्त्री बनाउन तयार छन् । यस्तै,स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले कित्ता परिर्वतन गरेर विपक्षी गठबन्धनलाई साथ दिएसँगै विपक्षी गठबन्धनसँग मुख्यमन्त्री नियुक्तिका लागि चाहिने ३१ मत देखिएको छ ।

शशरिर उपस्थित भएर बहुमत सांसदहरुले दाबी पेश गरेसँगै अब एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने पुथ्वी सुब्बा गुरुङको सत्ता पल्टिएको छ भने लामो समय सत्ता बाहिर रहेको नेपाली कांग्रेस प्रदेश सरकारको नेतृत्वमा आजै पाउने पक्का भएको छ । बिहीबारमात्रै मुख्यमन्त्री गुरुङ प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका थिए ।

आज ३ बजेसम्म प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि समय तोकेकी थिइन । राष्ट्रिय जनमोर्चा संसदीय दलको निर्णयअनुसार प्रदेशसभा सदस्य कृष्ण थापा कारवाहीमा परेसँगै प्रदेशसभा सदस्यको संख्या घटेर ५९ सदस्यमा खुम्चिएको छ । योसँगै अब बहुमतका लागि ३० सांसद नै पर्याप्त हुने देखिएको छ । अहिलेसम्म पोखेल बाहेक कसैले दाबी पेश गरेका छैनन् ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #गण्डकी प्रदेश, #मुख्यमन्त्री

तपाईको कमेन्ट लेख्नुहोस्