Techie IT
  • २२ मंसीर २०७८, बुधबार
KhojPatrika

उपप्रधानमन्त्री मोह, यी हुन राणा शासन अन्त्यदेखि अहिलेसम्म उपप्रधानमन्त्री बन्न मरिहत्ते गर्नेहरु


काठमाडौं । नागरिकका अधिकार संकुचित भएको एक सय ४ बर्षे जहानीय राणा शासन कालमा १६ जनामात्रै प्रधानमन्त्री भए । तर २००७ सालपछिको ७१ बर्षमा ४६ पटक सरकार फेरिए । यो राजनीतिक कालखण्डमा प्रजातन्त्र, पञ्चायत हुँदै बहुदलिय व्यवस्था आयो भने अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेका छौँ । २३ जना पात्रले प्रधानमन्त्री बन्ने अवशर पाएको यो समयमा सूर्यबहादुर थापा र गिरिजाप्रसाद कोइरालाले पाँच पाँच पटक, शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्दले ४/४ पटक, किर्तिनिधि बिष्ट र केपीशर्मा ओलीले ३–३ पटक सरकारको नेतृत्व गर्ने अवशर पाउनुभएको छ । यस्तै, मातृकाप्रसाद कोइराला, डा. तुलसी गिरी, नागेन्द्र प्रसाद रिजाल, कृष्णप्रसाद भट्टराई र पुष्पकमल दाहाल प्रचण्डले २–२ पटक सत्ताको नेतृत्व पाउनुभएको छ ।
२०४६ सालको प्रजातन्त्र पुनर्बहालीपछि अहिलेसम्म मात्रै पनि २९ पटक सरकार फेरिएर १४ जना प्रधानमन्त्री भएका छन् । अझ, पछिल्लो २८ वर्षका २९ वटा सरकारमा ३७ जना त उपप्रधानमन्त्री नै बनेका छन् । ३७ जना उपप्रधानमन्त्री मध्ये दुईजना माधवकुमार नेपाल र केपी ओलीले मात्रै प्रधानमन्त्री बन्ने अवसर पाउँदा बाँकी ३५ जना उपप्रधानमन्त्रीमै थन्किएका छन । जहानिया राणा शासन अन्त्यपछिको २९ वर्षमा पटक पटक सरकार फेरिएपनि ६ जना मात्रै उपाध्यक्ष र उपप्रधानमन्त्री बनेको विगत भएपनि २०४६ सालको प्रजातन्त्र पुनर्बहालीपछि उपप्रधानमन्त्री बन्न चलेको राजनीतिक होडवाजी हेरौँ ।
१, २०७४ जेठ २४ केपी शर्मा ओलीबाट बाम गठबन्धनको बहुमत सरकारको नेतृत्व
पटक पटक गरेर बनाइएका उपप्रधानमन्त्रीहरु
एमाले नेता ईश्वर पोखरेल, तात्कालिन संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एमाले नेता विष्णु पौडेल, नेता रघुविर महाशेठ, जसपा नेता राजेन्द्र महतो
२, २०७४ जेठ २४ गते शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित
उपप्रधानमन्त्रीहरु
फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, राप्रपा नेपालका अध्यक्ष कमल थापा, मओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, कांग्रेस नेता गोपालमान श्रेष्ठ
३,२०७३ साउन २० गते, पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित
उपप्रधानमन्त्रीहरु
तात्कालि मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा
४, २०७२ असोज २५ खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित
उपप्रधानमन्त्रीहरू
फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार , राप्रपा नेपालका अध्यक्ष कमल थापा , माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझी , एमाले नेता भीमबहादुर रावल
माले महासचिव चन्द्रप्रकाश मैनाली , राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर के.सी.
यो नै गबन्धन बलियो बनाउन बनाइएका उपप्रधानमन्त्रीको उच्च रेकर्ड थियो
५, २०७० माघ २९ गते सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित
उपप्रधानमन्त्रीहरु–एमाले नेता बामदेव गौतम, कांग्रेस नेता प्रकाशमान सिंह
६, २०६८ भदौ १२ गते बाबुराम भट्टराई प्रधानमन्त्रीमा निर्वाचित
उपप्रधानमन्त्रीहरु
तात्कालिन फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ
७, २०६७ माघ २३ गते झलनाथ खनाल प्रधानमन्त्रीमा निर्वाचित
उपप्रधानमन्त्रीहरु– एमाले नेता भरतमोहन अधिकारी, माओवादी नेता कृष्ण बहादुर महरा, तात्कालिन मधेशी जनअधिकार फोरम अध्यक्ष उपेन्द्र यादव
८, २०६६/जेठ ११ माधव कुमार नेपाल प्रधानमन्त्री निर्वाचित
उपप्रधानमन्त्रीहरु – तात्कालिन फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, कांग्रेस नेतृ सुजाता कोइराला उपप्रधानमन्त्री
९, २०६५ साल साउन ३१ पुष्पकमल दाहा प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री
उपप्रधानमन्त्रीहरु
एमाले नेता बामदेव गौतम र तात्कालिन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव
१०, ०६२/६३ सालको जनआन्दोलनमार्फत पुनःस्थापना भएपछि गिरिजाप्रसाद कोइराला नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद
उपप्रधानमन्त्रीहरु – एमाले नेता केपीशर्मा ओली र तात्कालिन जनमोर्चाका नेपालका अध्यक्ष अमिक शेरचन
राणा शासन अन्त्यपछि पञ्चायतकालसम्म देखिएको सरकारको दौडधुप
०३० साल साउन १ गते नगेन्द्रप्रसाद रिजाल, ०३२ साल मंसिर १५ गते डा. तुल्सी गिरी र
०३४ साल भदौ २७ गते पुनः कीर्तिनिधि विष्ट नै प्रधानमन्त्री बन्दा उपप्रधानमन्त्रीको अभ्यास खासै भएन । ०३६ साल जेठ १८ गते सूर्यबहादुर थापा प्रधानमन्त्रीमा दोहोरिए भने २०३८ असार २ गते निर्वाचित मन्त्रीमण्डलका प्रधानमन्त्री पनि थापा नै बन्न पुगे । ०४० साल साउनपछि लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री बनाइए । २०४३ सालको आम निर्वाचनमा नगेन्द्रप्रसाद रिजाल अन्तरिम प्रधानमन्त्री बनाइए । ०४३ साल असार २ गते आम निर्वाचनपछिको प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठ बनेका थिए । मरिचमानकै पालामा पञ्चायतविरुद्ध आन्दोलन सुरु भएपनि लोकेन्द्रबहादुर चन्दले सरकार सम्हालेको पर्सिपल्ट अर्थात ०४६ चैत्र २६ गते बहुदल आएको थियो ।
२०२५ साल चैत २५ गते किर्तिनिधि विष्ट प्रधानमन्त्रीमा नियुक्त
२०२३ माघदेखी अध्यक्ष र उपाध्यक्षको ठाउँमा प्रधानमन्त्री र उपप्रधानमन्त्री बनाउने व्यवस्था सुरु भयो, २०२३ माघ २४ मा सूर्यबहादुर थापा प्रधानमन्त्री, किर्तिनिधि विष्ट उपप्रधानमन्त्री
२०२१ माघ १३ मा सूर्यबहादुर थापाको अध्यक्षतामा मन्त्रिमण्डल पुनर्गठन
किर्तिनिधि विष्ठ उपाध्यक्ष
२०१९ साल चैत २० गते तुलसी गिरिको अध्यक्षतामा मन्त्रिपरिषद
सूर्यबहादुर थापा उपाध्यक्ष
२०१७ पौष १३ मा तात्कालिन राजा महेन्द्रबाट जननिर्वाचित संसद भंग गरेर पञ्चायतको घोषणा, डा. तुलसी गिरी प्रथममन्त्री हुँदै उपाध्यक्ष
२०१६ साल जेठ १३ गते विश्वेश्वरप्रसाद कोइराला जननिर्वाचित प्रधानमन्त्री
उपप्रधानमन्त्री सुवर्ण सम्शेर ज.ब.रा.
२०१५ जेठ २ गते सुवर्ण शम्शेर जबराको अध्यक्षतामा सरकार गठन
२०१२ साल माघ १३ गते टङ्कप्रसाद आचार्य नेतृत्वको मन्त्रिपरिषद गठन, २०१३ माघ २३ मा सरकार विघटन गरेर तात्कालिन राज त्रिभुवन विरविक्रम शाहको नेतृत्वमा मन्त्रिपरिषद हेरफेर, २०१४ साउन ११ मा केआई सिंह प्रधानमन्त्री नियुक्त
२०१२ साल वैशाख १ गते शाही सल्लाहकार गठन
सरदार गुञ्जमानसिंह – प्रीन्सिपल रोयल एडभाइजर र ले.ज. आनन्द सम्शेर डिपुटी प्रीन्सिपल रोयल एडभाइजरमा नियुक्त । यहिबाट उपपद राख्ने राजनीतिक संस्कारको विकास भएको थियो ।
२०१० साल फागुन ७ गते पुनर्गठन
१. श्री मातृका प्रसाद कोइराला – प्रधानमन्त्री
२०१० साल आषाढ ४ गते गठिन मन्त्रिमण्डल
मातृका प्रसाद कोइराला पुनः प्रधानमन्त्री
२००८ साल मंसीर १ गते गठित मन्त्रिमण्डल
मातृका प्रसाद कोइराला – प्रधानमन्त्री
राणा–काङ्ग्रेस मन्त्रीमण्डल (२००७ साल फागुन ७ गते)
मोहनसम्शेर ज.ब.रा. प्रधानमन्त्री
विगतमा उपप्रधानमन्त्रीको छिटफुट अभ्यास भएपनि नेपालमा उपप्रधानमन्त्री बनाउने परम्पराको सुरुवात भने २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीबाट सुरु भएको पाइन्छ । २०४६ सालको कृष्णप्रसाद भट्टराईको अन्तरिम सरकार र त्यसपछिको गिरिजाप्रसाद कोइरालाको बहुमतको सरकारमा उपप्रधानमन्त्री बनाइएको थिएन । २०५१ को मध्यावधि चुनावमा एमाले सबैभन्दा ठूलो पार्टी बनेर अधिकारी प्रधानमन्त्री भएपनि माधवकुमार नेपाललाई उपप्रधानमन्त्री बनाइयो ।
२०५४ सालमा तत्कालीन प्रधानमन्त्री शुशिल कोइरालाले शैलजा आचार्यलाई उपप्रधानमन्त्री बनाउनुभयो । २०५७ सालको गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री बनेपनि नेता रामचन्द्र पौडेल २०६३ को कोइरालाकै मन्त्रिपरिषद्मा उपप्रधानमन्त्रीबिनाकै मन्त्री बनेपनि अरु नेताहरुलाई उपप्रधानमन्त्री नभई नहुने भएको छ । २०५९ सालमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबादुर चन्दले बद्रीप्रसाद मण्डललाई, २०६१ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भरतमोहन अधिकारीलाई उपप्रधानमन्त्री बनाउनुभएको थियो । २०६२/०६३ सालको आन्दोलनपछि बनेका सरकारैपिच्छे उपप्रधानमन्त्रीको संख्या बढ्न थालेको छ भने भुमिका बिहिन हुने यहि पदका लागि नेताहरु मरिहत्ते गर्न थालेका छन् ।
उपप्रधानमन्त्री हुँदा सरकारको मर्यादाक्रममा उक्लिनुबाहेक व्यक्तिगत रूपमा अरू कुनै फाइदा हुँदैन । बरु उपप्रधानमन्त्री भैसकेपछि फेरि मन्त्रीमा झर्न मर्यादाले रोक्ने भएपनि गठबन्धनमा रहेका सबै दलका नेता किन उपप्रधानमन्त्री बन्न लालाहित छन् ? नेताहरु पद र मर्यादाका लागि मात्रै मरिहत्ते गरिरहेका त छैनन् ? प्रश्न उब्जिएको छ । तीन करोड जनसंख्या भएको मुलुकमा दर्जनभन्दा बढी मन्त्रालय नै आवश्यक नपर्ने सुझाव बिज्ञहरुबाट आइरहँदा उपप्रधानमन्त्रीमा भैरहेको हानाथाप शासनका हिसाबले गलत तथा प्रशासनिक र कार्यसम्पादनका हिसाबले पनि झन्झटिलो र अप्राकृतिक देखिएको छ ।

क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #उपप्रधानमन्त्री मोह, #राजनीतिक कालखण्ड

तपाईको कमेन्ट लेख्नुहोस्