दलका शिर्ष नेतासँग छलफल गर्दै सभामुख, प्रधानमन्त्री सहभागी नहुने
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक आह्वान गरेका छन् । प्रतिनिधिसभा विघटनपछि पूर्व सभामुख एव कानुनव्यवसायीसँग चरणवद्ध छलफल गरेका सभामुख सापकोटाले दिउँसो २ बजे संसद भवनस्थितल्होत्से हलमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक बोलाएका हुन् ।
जेठ ८ मा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी कार्तिक २६ र मङ्सिर ३ गतेको लागि चुनावको मिति तय गरेपछि सापकोटाले आगामी कदमको बारेमा परामर्श लिन यस अघि पूर्वसभामुखहरु, कानुन व्यवसायी एवं राजनीतिक दलका नेताहरुसँग छुट्टाछुट्टै भेट तथा छलफल गर्दै आएका छन् ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ । तर, सापकोटाले बोलाएको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी नहुने बताइएको छ । सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनपछिको अवस्था तथा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न पूर्वप्रधानमन्त्रीसहित सबै दलका नेतालाई बोलाएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रतिनिधि सभा, #सभामुख अग्निप्रसाद सापकोटा
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्