कर्णालीपछि सुदूरपश्चिममा पनि ओलीलाई धक्का, मुख्यमन्त्रीले भट्टले पाए विश्वासको मत

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री पदमा निरन्तरताका लागि मंगलबार प्रदेशसभामा भएको मतदानमा उहाले विश्वासको मत प्राप्त गर्न सफल भएका हुन् । मतदानमा ५१ जना प्रदेश सांसद सहभागी भएका थिए । मुख्यमन्त्रीको पक्षमा ३० जनाले मतदान गरे भने उहाको विपक्षमा ९ मतमात्र पर्यो ।
नेकपा एमालेको माधव नेपाल पक्षधर १७ जना र माओवादी केन्द्रका १३ सांसदले पक्षमा मतदान गरेका हुन् । विपक्षमा मत दिनेमा जसपाका २ र एमालेका ७ सांसद छन् । मतदानमा कांग्रेसका १२ जना सांसद भने मतदानमा तथष्ट बसेको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए । सभामुख थापाले विश्वासको मतको पक्षमा परेको मत बहुमत भएकाले मुख्यमन्त्री भट्टको सरकारले बिश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए ।
माओवादी केन्द्रका १३ सांसद रहेकामा एमाले संसदीय दलले समेत समर्थन गर्ने निर्णय गरेपछि भट्टको मुख्यमन्त्री पद जोगिएको हो । प्रदेशसभामा सभामुख बाहेक एमालेका २४ जना सदस्य छन् । मतदान अघि प्रदेशसभामा उठेको प्रश्नको जवाफ दिदै मुख्यमन्त्री भट्टले मुख्य चुनौती अहिलेको व्यवस्थालाई कसरी बचाउने र संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै समग्र विकासको कार्य अघि बढाउने रहेको बताएका छन ।
जनताले काम गर्नका लागि पाँच बर्षको समय दिएको र उक्त समयलाई अधिकतम जनताको काममा खर्चिने उनले बताएका छन् । कर्णाली प्रदेशपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुदुरपश्चिममा पनि माधव नेपाल समूहले गर्दा धक्का लागेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #त्रिलोचन भट्ट, #विश्वासको मत
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्