कर्णालीपछि सुदूरपश्चिममा पनि ओलीलाई धक्का, मुख्यमन्त्रीले भट्टले पाए विश्वासको मत
कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री पदमा निरन्तरताका लागि मंगलबार प्रदेशसभामा भएको मतदानमा उहाले विश्वासको मत प्राप्त गर्न सफल भएका हुन् । मतदानमा ५१ जना प्रदेश सांसद सहभागी भएका थिए । मुख्यमन्त्रीको पक्षमा ३० जनाले मतदान गरे भने उहाको विपक्षमा ९ मतमात्र पर्यो ।
नेकपा एमालेको माधव नेपाल पक्षधर १७ जना र माओवादी केन्द्रका १३ सांसदले पक्षमा मतदान गरेका हुन् । विपक्षमा मत दिनेमा जसपाका २ र एमालेका ७ सांसद छन् । मतदानमा कांग्रेसका १२ जना सांसद भने मतदानमा तथष्ट बसेको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए । सभामुख थापाले विश्वासको मतको पक्षमा परेको मत बहुमत भएकाले मुख्यमन्त्री भट्टको सरकारले बिश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए ।
माओवादी केन्द्रका १३ सांसद रहेकामा एमाले संसदीय दलले समेत समर्थन गर्ने निर्णय गरेपछि भट्टको मुख्यमन्त्री पद जोगिएको हो । प्रदेशसभामा सभामुख बाहेक एमालेका २४ जना सदस्य छन् । मतदान अघि प्रदेशसभामा उठेको प्रश्नको जवाफ दिदै मुख्यमन्त्री भट्टले मुख्य चुनौती अहिलेको व्यवस्थालाई कसरी बचाउने र संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै समग्र विकासको कार्य अघि बढाउने रहेको बताएका छन ।
जनताले काम गर्नका लागि पाँच बर्षको समय दिएको र उक्त समयलाई अधिकतम जनताको काममा खर्चिने उनले बताएका छन् । कर्णाली प्रदेशपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुदुरपश्चिममा पनि माधव नेपाल समूहले गर्दा धक्का लागेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #त्रिलोचन भट्ट, #विश्वासको मत
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्