बन्लान त प्रधानमन्त्री महन्थ ठाकुर,जसपामै तानातान

काठमाडौं । जनता समाजवादी पार्टीले आफ्नै नेतृत्वमानयाँ सरकार गठनको पहल कदमी लिने भएको छ । अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादव बिच सहमती भएसंगै संसदको चोथौ ठुलो दल जसपा पनि सत्ता राजनीतिको दौडमा सामेल भएको हो । प्रयाप्त सांसद आफै संग नभएको जसपालाई नयाँ सरकार गठन गर्न विपक्षी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समर्थन आवश्यक पर्नेछ ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहितको विपक्षी गठबन्धनले वर्तमान ओली सरकारलाई ढाल्न लामो प्रयास गरेपनि सफल हुन सकेन । जसपाको महन्थ राजेन्द्र समुहले साथ नदिदाँ र नेकपा एमालेको खनाल नेपाल समुहका सांसदहरुले राजीनामा नदिदाँ संसदमा विपक्षी गठबन्धनको बहुमत पुगेन । परिणाम केपी ओली संविधानको धारा ७६ को उपधारा ३ बमोजीम संसदको सबैभन्दा ठुलो दलको हैसियतले पुनःप्रधानमन्त्री बन्न सफल भए । प्रधानमन्त्री केपी ओलीले १ महीनाभित्र संसदमा बहुमत सीद्ध गर्नुपर्ने हुन्छ ।
संसदमा बहुमत सिद्ध गर्न नसकेमा देश अर्को राजनीतिक कोर्समा जान्छ, त्यो भनेको धारा ७६ को उपधारा ५ बमोजीमको सरकार हो । यहि बिच जसपा अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल कदमीलिने सहमती गरेका छन । मुलुकको सत्ता राजनीतिमा निर्णायक देखिएको जसपाले निर्णायक देखिएको नेपाली कांग्रेस र नेकपा माओवादी केन्दको समर्थन प्राप्त गर्न सके सरकारको नेतृत्व गर्ने जसपाको चाहना पुरा हुने देखिन्छ ।
केपी ओलीको विकल्पमा प्रधानमन्त्री बन्न अघि सरेका कांग्रेस सभापति शेरबहादुर देउवाले बहुमत जुटाउन सकेका थिएनन् । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीलाई साथ दिन खोजेका जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भए पनि केपी ओलीलाई हटाउने विकल्प छलफल भएपनि कुनै निष्कर्ष ननिष्कदा प्रधानमन्त्री अेली नै तेस्रो पटक प्रधानमन्त्री बनेका थिए । यस अवसरलाई सदुपयोग गर्दै विपक्षीदलहरुले प्रधानमन्त्री ओलीलाई विस्थापित गर्नुपर्ने कांग्रेस नेता भिमसेनदास प्रधानको भनाई छ ।
विगतमा प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्नुपर्छ भन्ने पक्षमा महन्थ राजेन्द्र समुह र ओलीलाई विस्थापित गर्नुपर्छ भन्ने मान्यतामा बाबुराम उपेन्द्र समुह रहदा जसपाभित्र दुई धार देखिएको थियो । मंगलबारको निर्णयसँगै जसपा एकमत भएको छ । ओली सरकारलाई ढाल्न हरसम्भव प्रयास गरीरहेका कांग्रेस र माओवादी केन्द्रले पनि समर्थन गरेमा जसपा सरकार बन्न सक्ने सम्भावनालाई नर्कान सकिदैन ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #महन्थ ठाकुर
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्