निषेधाज्ञा उलंघन गर्नेलाई एक सय रुपैयाँ जरिवाना
काठमाडौं । उपत्यकामा दोस्रो चरणको निषेधाज्ञाको पहिलो दिन नै सुरक्षा ब्यवस्था निकै कडा बनाइएको छ । यसअघि निषेधाज्ञाको उल्लंघन गर्नेलाई सचेत गराएर होल्ड गरी छोड्ने गरिएकोमा काठमाडौँ उपत्यकामा बिहिबारबाट निषेधाज्ञा नमान्नेलाई प्रहरीले जरिवाना लिन शुरू गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले निषेधाज्ञा नमान्नेलाई संक्रामक रोग ऐन–२०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका आधारमा १ सय रुपैयाँ जरिवाना लिन थालिएको छ ।
निषेधाज्ञालाई थप प्रभावकारी बनाउन निषेधाज्ञा नमान्नेलाई जरिवाना लिन शुरू गरिएको हो । वैशाख २१ र २२ मा महानगरीय प्रहरी परिसर ललितपुरले ८४ जनालाई जरिवाना गरेको छ । बिहीबारबाट जरिवाना लगायत कारवाहीमा थप कडाइ गरिने प्रहरीले जनाएको छ । संक्रामक रोग ऐन–२०२० अनुसार स्थानीय प्रशासनलाई ३ सयसम्म जरिवाना र ६ महिना कैद सजाय गर्ने अधिकार छ । दैनिक रुपमा काठमाडौं उपत्यकामा दुई हजारभन्दा बढी सवारी साधन निषेधाज्ञा उल्लंघन गरेको आरोपमा कारवाहीमा पर्दै आएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञामा के खोल्ने, के नखोल्ने, खोल्दा कसरी खोल्ने लगायतका कुराहरु स्पष्ट रुपमा लागू गरेपछि दोस्रो चरणको निषेधाज्ञाको पहिलो दिनमा नै धेरै कारवाहीमा परेका हुन् । सडकमा ट्राफिक ब्यवस्थापन गर्दै आईरहेका ट्राफिक प्रहरीलाई पनि निषेधाज्ञामा निकै चुनौती थपिएको छ । न त खानाको ठेगान, न त आराम गर्ने नै ठाउँ । शौचालयको ब्यवस्था समेत नहुँदा सास्ती भोग्न बाध्य छन् ।
उपत्यकाको सुरक्षा ब्यवस्था कडा बनाउन १ हजार ५ सय ट्राफिक खटिएका छन् भने ८० भन्दा बढी स्थानमा चेक प्वाइन्ट राखिएको छ । हालसम्म ३० जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण भएको छ । निषेधाज्ञामा कडाई गरिएसँगै होल्डीङ्गमा मात्रै राखिएका सवारी साधनलाई समेत जरीवाना लिन शुरु गरिएपछि उलंघनमा केही कमी आउने प्रहरीको दाबी छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #१ सय रुपैयाँ जरिवाना, #दोस्रो चरणको निषेधाज्ञा
ताजा खबर
- १प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
- २प्रधानमन्त्री चयनमा संविधानको धारा ७६ (१) पहिलोपटक प्रयोग हुँदै, लिनुपर्दैन विश्वासको मत
- ३रुकुममा बिहे हेर्न गएका एक घरका तीन युवतीमध्ये दुई मृत भेटिए, एक अझै बेपत्ता
- ४मोदीको पोस्टमा बालेनको टिप्पणीः नेपाल–भारत सम्बन्ध परिणाममुखी बनाउने विश्वास छ
- ५यही व्यवस्थामै बहुमत आउने पुष्टि भयोः कांग्रेस महामन्त्री पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्