भेटपछि पनि रोकिएन माधव नेपाललाई ओलीको कटाक्ष
काठमाडौं । ५ महिनाको आरोप–प्रत्यारोपपछि बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भयो । करिव २ घण्टा एक तारे होटेलमा भएको छलफलमा ओली र नेपालबीच लामै भलाकुसारी पनि भयो । एमालेको यो भाँडभैलो गर्नमा छलफलमै एकले अर्कोलाई आरोप पनि लगाए । तर, त्यो छलफलपछि माधव र ओलीबीच सकरात्मक कुरा भएको नेताहरुले प्रतिक्रिया दिएपनि त्यस्तो देखिएन ।
बिहिबार बिहानै बल्खुस्थित पार्टी कार्यालय भवनको शिलान्यास गर्दै ओलीले उपद्रो गर्दा पनि सम्झाइबुझाइ गर्ने प्रयास गरिरहेको बताउदै अब पार्टीमा अराजकता नचल्ने धम्की दिएका छन् । संगठित हमलाको सिलसिला कति निर्मम थियो, साधारण सदस्यसमेत नरहने गरी तथाकथित कारबाही आफुलाई गरिएको ओलीको आरोप छ ।
संसदीय इतिहासमा यति साह्रो अराजक कतै नदेखिएको भन्दै ओलीले आफूहरुलाई पार्टीविहीन अवस्थामा लान खोजिएको समेत गुनासो गरे । एमाले अध्यक्षसमेत रहेका ओलीले आन्दोलन ध्वस्त पार्ने निकृष्ट प्रयास भएको बताए। ‘त्यस्तो स्थितिलाई पार गरेर आएका छौं, हाम्रो पार्टी कब्जा गर्ने, हामीलाई माटामा मिलाइदिने भन्ने थियो,’ उनले भने, ‘पार्टीका नाउमा पार्टी भित्रैबाट प्रहार गर्ने काम भए।
कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर कम्युनिष्ट पार्टीलाई कमजोर पारेकोमा गर्व गर्ने प्रवृत्तिविरुद्ध आफूहरू जुधिरहेको ओलीको भनाई थियो । ‘यति उपद्रो गर्दा पनि हामी सम्झाइबुझाइ गर्ने प्रयासमा छौं, भरसक पार्टीमा क्षति नहोस् भन्ने पक्षमा आफू रहेको ओलीको दाबी छ । ओलीको आक्रोशले माधव नेपालसँग भएको छलफलमा कुनै कुरा नमिलेको प्रष्ट देखिन्थ्यो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री केपी शर्मा
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्