सत्ता समिकरणमा निर्णायक बनेको जसपा अलमलमा, महिनौसम्म दिएन राजनीतिक निकास
काठमाडौं । अहिलेको राजनीतिक अवस्थामा निकास पाउनको लागि मधेस्वादी दल जसपाले एउटा प्रस्ट बाटो रोज्नुपर्ने हुन्छ । अंकगणितिय हिसाबले निर्णयक मानिएको जसपाले सरकार गठन भन्दा पनि आफ्ना मुद्दालाई अगाडि सार्दा राजनीति झन अल्झिरहेको छ । अहिलेको राजनीतिक कोर्समा जसलाई जसपाले साथ दिन्छ उसैले नै सरकार बनाउने अवस्था बनेको छ ।
यदी प्रधानमन्त्री ओलीलाई सम्र्थन गर्ने हो भने ओलीको सरकार यथावत रहन्छ भने नेपाली काङ्रेस र माओवादी केन्द्रलाई साथ दिने हो भने ओली सरकार ढल्छ र नया गठबन्धनको सरकार बन्छ । यस्तो अवस्थामा जसपाले सरकार गठन वा समर्थनको प्रकृयामा नगएर आफ्ना मुद्दालाई अगाडि सार्दा राजनीतिक अन्यौलता अझै कायमै रहेको छ ।
त्यसो त जसपाभित्र सरकार कै बिषयमा दुई धार देखिदा पनि जसपाले एकै प्रकारको धारणा बनाउन सकेको छैन । एकै प्रकारको धारणा बनाएर अगाडि बढ्ने हो भने अन्यौलग्रस्त राजनीतिले ठीक बाटो समाउन सक्थ्यो । तर, जसपाले यो बिषयमा एक हुनको लागि कार्यकारीणी बैठक बोलाउन पनि सकेको छैन । जसले गर्दा पनि जसपाका दुई कुरा बाहिर छताछुल्ल भएका छन । जसपाको नेता लक्ष्मणलाल कर्ण भने नेपाली कांग्रेस र नेपाल माओवादी केन्द्रले खेल सुरु गरेपछि बल्ल आफुहरुले पनि साथ दिने कि नदिने भन्ने निर्णय लिने बताउछन् । जसपा अझै पनी आफ्नो बाटोमा प्रस्ट हुने सकेको छैन भन्ने कुरा जसपामा सत्ता समिकरणको बिषयमा देखिएको दुई धारले पुस्टी हुन्छ ।
सत्ता समिकरणको बिषयमा शुक्रबार काङ्रेसले बोलाएको बैठकमा कांग्रेसका सभापति देउवाले काङ्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्तव गरेपछि माओवादी केन्द्र पहिल्यै नै सहमत भएको थियो भने जसपाले भने आफ्नो कित्ता किल्यर गरेन । जसपा अध्यक्ष महन्थ ठाकुरले सरकार गठनका बारेमा दल भित्र छलफल गर्ने भनेपछि बैठक अनिर्णित बन्यो ।
जसपाले आफनो कित्ता क्लियर गरेर एकै प्रकारको धारणा आयो भने गठबन्धन हुन्छ वा ओली सरकार नै यथावत हुन्छ भन्ने कुरा प्रस्ट हुन्थ्यो । तर, जसपामा एकथरीले ओली सरकारप्रती अली बढी उदारता देखाइरहेको अवस्थामा अर्को पक्षले भने प्रतिगमन बिरुद्धका दलहरु एक भएर नयाँ गठबन्धन गर्नुपर्ने बताउछन् । यसरी जसपाको दुई थरी धारणा आउनु र एकै प्रकारको धारणा बनाउन कुनै पहलकदमी नचाल्नुले राजनीति झन अनिर्णित बन्दै गएको छ । यदी सच्चिकै देशको राजनीति अवस्था स्थिर गराउनको लागि पहल चाल्ने हो भने जसपाले आफ्नो धारणामा एकरुपता ल्याउनुपर्ने हुन्छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #जसपा अलमलमा
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्