फेरि लकडाउनको चर्चा, स्वास्थ्य मन्त्रालय भन्छ परिस्थिति हेरेर थाहा हुन्छ
काठमाडौं । कोरोना संक्रमण फेरि बढ्दा नेपालमा फेरि लकडाउन हुन्छ की भन्ने चर्चा चलेको छ । लकडाउन फेरि भए कसरी गुजारा चलाउने भन्ने चिन्ता पनि बढ्न थालेको छ । तर, सरकारले संक्रमित संख्या उच्च भएमा परिस्थितीअनुसार लकडाउनको निर्णय लिने जनाएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डाक्टर समीर अधिकारीले परिस्थिति हेरेर लकडाउन बारे निर्णय गरिने जानकारी दिए । संक्रमणको अवस्था बिग्रिएमा सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्यवनमा कडाइ गर्ने उनको भनाई छ ।
चैत १५ र १६ गते मनाइने फागू पर्व (होली)लाई घरमै रहेर मनाउन र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न पनि उनले आग्रह गरे । बैशाख १ गते मनाइने सुदुरपश्चिमको विसु पर्वलाई पनि सतर्कताका साथ मनाउन उनले आग्रह गरे । भारत र नेपाल सीमावर्ती नाकामा हेल्थ डेस्कको व्यवस्था गर्न र आवश्यक सुरक्षा पनि सरकारले गर्ने अधिकारीको भनाई छ ।
मुलुकमा पछिल्लो २४ घन्टामा १ सय ४५ संक्रमित थपिएका छन् । ३,९६३ पीसीआर परिक्षण हुँदा १ जनाको मृत्यु भएको छ । कूल संक्रमित संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको छ भने मृतक संख्या ३ हजार २० पुगेको छ । अहिले नेपालमा १ हजार १ सय ८३ सक्रिय संक्रमित छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #फेरि लकडाउनको चर्चा
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्