फेरि लकडाउनको चर्चा, स्वास्थ्य मन्त्रालय भन्छ परिस्थिति हेरेर थाहा हुन्छ
काठमाडौं । कोरोना संक्रमण फेरि बढ्दा नेपालमा फेरि लकडाउन हुन्छ की भन्ने चर्चा चलेको छ । लकडाउन फेरि भए कसरी गुजारा चलाउने भन्ने चिन्ता पनि बढ्न थालेको छ । तर, सरकारले संक्रमित संख्या उच्च भएमा परिस्थितीअनुसार लकडाउनको निर्णय लिने जनाएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डाक्टर समीर अधिकारीले परिस्थिति हेरेर लकडाउन बारे निर्णय गरिने जानकारी दिए । संक्रमणको अवस्था बिग्रिएमा सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्यवनमा कडाइ गर्ने उनको भनाई छ ।
चैत १५ र १६ गते मनाइने फागू पर्व (होली)लाई घरमै रहेर मनाउन र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न पनि उनले आग्रह गरे । बैशाख १ गते मनाइने सुदुरपश्चिमको विसु पर्वलाई पनि सतर्कताका साथ मनाउन उनले आग्रह गरे । भारत र नेपाल सीमावर्ती नाकामा हेल्थ डेस्कको व्यवस्था गर्न र आवश्यक सुरक्षा पनि सरकारले गर्ने अधिकारीको भनाई छ ।
मुलुकमा पछिल्लो २४ घन्टामा १ सय ४५ संक्रमित थपिएका छन् । ३,९६३ पीसीआर परिक्षण हुँदा १ जनाको मृत्यु भएको छ । कूल संक्रमित संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको छ भने मृतक संख्या ३ हजार २० पुगेको छ । अहिले नेपालमा १ हजार १ सय ८३ सक्रिय संक्रमित छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #फेरि लकडाउनको चर्चा
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्