माधव–झलनाथको छुट्टै भेला, ओलीप्रति तिखो प्रहार गर्दै आयो राजनीतिक प्रतिबेदन

काठमाडौं । नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौ भन्ने मूल नारासहित एमालेका बरीष्ठ नेता माधवकुमार नेपालले राजनीतिक प्रतिबेदन पेश गरेका छन् । के छन् त राजनीतिक प्रतिबेदनका मुख्य–मुख्य बिषयहरु । सर्वोच्च अदालतको फैसलासँगै पूर्ववत रुपमा पुगेको नेकपा एमालेभित्र दुई खेमा स्पष्ट रुपमा देखिएका छन् । दुबै समूहले आफु आधिकारीक भएको धारणा समेत पेश गर्दै आईरहेका छन् । दुबै समूहले देशैभर समानान्तर कमिटिहरु गठन गर्नु, एकले अर्कोको अस्थित्व स्वीकार गर्न नसक्नुले एमाले बिभाजनको संघारमा पुगेको स्पष्ट हुन्छ । यसैको तयारी स्वरुप नेकपा एमालेको माधव झलनाथ पक्षले बृहत कार्यकर्ता भेलाको आयोजना गरेको छ ।
२ दिनसम्म चल्ने भेलामा बैठकमा पेश गरीएको राजनीतिक प्रतिबेदन र प्रतिबेदन माथि आएका सुझावका आधारमा आगामी ३ महिनाका लागि कार्यभार बनाउने तयारी समेत गरीएको छ । भेलामा नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ विषयक ८ पृष्ठको प्रतिवेदन पेश गरिएको छ । खनाल–माधव पक्षले २०७५ जेठ २ गतेलाई प्रस्थान बिन्दु बनाएर पार्टी जीवनको पुर्नस्थापना, विधि विधानको पुर्नस्थापना र विकास, नवौं महाधिवेशनको कार्यदिशाको स्थापनालाई आफ्नो आगामी काम तथा नेकपा एमाले र कम्युनिस्ट आन्दोलनको रक्षासँग जोडेको छ । एमालेको एकतालाई बचाउनु पर्ने भन्दै पूर्वशर्त २०७५ जेष्ठ २ गतेलाई प्रस्थानविन्दु बनाएर पार्टी जीवनलाई सुचारु बनाउनु पर्नेमा जोड दिइएको छ ।
आगामी दिनमा कम्युनिष्ट पार्टीको विजयलाई सुनिश्चित गर्न पार्टीलाई एकता, पुनर्गठन र रुपान्तरणको दिशामा लैजानुपर्ने भन्दै अब पार्टीले नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्ने स्पष्ट कार्यदिशा लिनुपर्ने नेता नेपालको जोड छ । प्रधानमन्त्री समेत रहेका ओलीको गुट पार्टी एकतालाई कमजोर बनाउन गरेका ती सबै प्रयासहरुलाई असफल पार्नुपर्नेमा जोड दिइएको । अध्यक्षको गुटले पार्टी एकतालाई कमजोर बनाउन गरेका ती सबै प्रयासहरुलाई असफल पार्न हामीले सम्पूर्ण पार्टी पङ्तिलाई एकताबद्ध गर्नु पर्छ,’ अवधारणा पत्रमा लेखिएको छ । कार्यकर्ता भेलालाई सम्बोधन गर्ने त्रममा बरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष केपी ओली नवौ महाधिबेशनको दस्ताबेज अनुरुप चल्नु पर्नेमा जोड दिए ।
सरकारको प्रधानमन्त्रीका रुपमा कमरेड के पी ओलीको लोकप्रियता बढेपछि उनमा व्यक्तिवादी, स्वच्छन्दतावादी प्रवत्ति चुलिँदै गएकोले पनि अध्यक्षका रुपमा पार्टी सञ्चालनमा ओलीका कमजोरी ओझेलमा परेको प्रतिबेदनमा उल्लेख छ । ओलीका क्रियाकलापकै कारण कम्युनिष्ट पार्टीलाई विभाजन गर्ने दिशामा नै अगाडि बढकाले वामपन्थीहरुको बहुमत भएको प्रतिनिधिसभा विघटनमा भएको निष्कर्ष निकालीएको छ ।
त्यसै गरी संविधानको गलत व्याख्या गर्दै अदालतले दुई पार्टीको राजनीतिक एकतालाई कानूनी व्याख्याद्वारा नेकपा एमालेलाई एकिकरणभन्दा अघिको अवस्थामा पुर्याउनु कम्युुनिष्ट आन्दोलनका लागि प्रतिकुल रहेको निष्कर्ष निकालीएको छ । पार्टीले विभिन्न क्षेत्रका विज्ञ, विशेषज्ञ र आम जनताको समेत राय लिएर अविलम्ब सामाजिक–आर्थिक रूपान्तरणको ठोस योजना निर्माण गर्ने लगायतका थुप्रै बिषयहरु राजनीतिक प्रतिबेनमा समेटीएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #एमालेको एकता बचाऔँ
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्